टिपरको ठक्कबाट घाइते महिलाको मृत्यु
शुक्रबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा को१ख ६३८८ टिपरले मोटरसाइकलमा श्रीमानसँगै रहेकी इलाम नगरपालिका ८ की ५० वर्षीया युरोपिया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा को१ख ६३८८ टिपरले मोटरसाइकलमा श्रीमानसँगै रहेकी इलाम नगरपालिका ८ की ५० वर्षीया युरोपिया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
उदयपुरको कटारी नगरपालिका ३ मा भेटिएको सुतली बम सेनाले डिस्पोज गरेको छ। बिहीबार बिहानै स्थानीयले शंकास्पद बस्तु देखेर प्रहरीलाई खबर गरेका थिए।
उदयपुरबाट तीर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यृ भएको छ भने १० जना घाइते भएका छन्। जिल्लाको बेलका नगरपालिकाबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको को १ ख ४९३४ नं. को यात्रुबाहक बसले बुधबार विपरित दिसाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।
उदयपुरको कटारिमा बुधबार ट्रक दुर्घट्नामा परि एक बालकको ज्यान गएको छ। कटारी बजारको अस्पताल चोकमा ना ४ ख ८८९८ नं को ट्रकले किचेर ५ बर्षिय मौसम राईको मृत्यु भएको हो।
उदयपुरका ८ वटै स्थानीय तह जोडिएको निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने ‘मदन भण्डारी बैकल्पिक लोकमार्ग’को कालोपत्रे काम धमाधम भईरहेको छ।
उदयपुरका एक शिक्षक बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्।
उदयपुरमा शनिबार दिउँसो भएको आगलागीबाट ५ घर नष्ट भएका छन्। जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारको डुम्रेमा भएको आगलागीमा परी लहरै रहेका गाउँका ५ घर र उनीहरुका थप ७वटा बस्तु बाँध्ने गोठ र मतान नष्ट भएको गाउँपालिकाले जनाएको छ।
उदयपुरमा प्रतिबन्धित लागू औषधसहित ४ युवक पक्राउ परेका छन्। शुक्रबार प्रहरीले अबैध लागूऔषधसहित जिल्लाको त्रियुगा नगरपालिका ६ का ३४ वर्षीय गणेश चौधरी, त्रियुगा ११ का २४ वर्षीय बिगेश राई, २४ कै अशोक भन्ने आशिस राईलाई पक्राउ गरेको जनाएको छ।
उदयपुरमा महिलाको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। १० दिनअघि जिल्लाको चौडण्डीगढी नगरपालिका ७ की ४५ वर्षीया भिमा परियारको हत्या गरी फरार रहेको आरोपमा खोजीको सूचीमा रहेका २१ वर्षीय उमेश खत्री मंगलबार पक्राउ परेका हुन्।
उदयपुरमा ठूलो परिमाणको लागू औषधसहित बुधबार २ युवा पक्राउ परेका छन्। सदरमुकाम त्रियुगा नगरपालिका ६ देउरीबाट झण्डै १ हजार थान (एम्पुल) बिभिन्न थरीका अवैध लागू औषधसहित २ युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
पुनर्जीवन पाएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग प्रालि पछिल्लो महिना नियमित विद्युत् नहुँदा थलिँदै जान थालेको छ। एक सेकेण्ड मात्र विद्युत् अवरुद्ध हुँदा पनि लाखौं घाटा लाग्ने उद्योगमा दैनिक १३ घण्टासम्म विद्युत् कटौती हुन थालेको छ।
संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै उदयुरमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययन सुरु भएको छ। सदरमुकाम त्रियुगा नगरपालिकामा कलेज खोल्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न मिल्ने नमिल्ने सम्भाव्यता अध्ययन गर्न आएको टोलीले सरोकारवालासँग छलफल गर्नुका साथै बिभिन्न ठाउँको अवलोकन गरेको छ।
उदयपुरकी एक मृगौला पीडित महिलालाई वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत नेपालीहरूले सहयोग पठाएका छन्। त्रियुगा नगरपालिका ६ लालपत्ताकी दुवै मृगौला पीडित ४३ वर्षीया यसाेदा खड्काको उपचारका लागि कतारमा कार्यरत नेपालीहरूले १ लाख ६५ हजार १ सय २२ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन्।
उदयपुरको बेलका नगरपालिकाको अव्यवस्थित भूमि व्यवस्थापन गर्न वैज्ञानिक खोज अनुसन्धान, नक्सांकन र अभिलेखिकरण गरिने भएको छ।
उदयपुरमा सोमबार दिउँसो ट्याक्टर र मोटरसाईकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा एक बृद्धको मृन्यु भएको छ। त्रियुगा नगरपालिका १४ साउनेदेखि धाब्लाङ जाने सडक खण्डमा मोटरसाइकल ट्याक्टरमा ठोक्किन पुग्दा पछाडि सवार ६० वर्षीय प्रेमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।