१२ मंसिर २०८१ बुधबार
image/svg+xml

निवर्तमान महाप्रबन्धक पौडेलकाे नागरिक अभिनन्दन

उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका निवर्तमान महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेललाई नागरिक अभिनन्दन गर्दै बिदाई गरिएको छ। उद्योग परिवार, त्रियुगा नगरपालिका, कर्मचारी, मजदुर कर्मचारी संघ–संगठन, स्थानीय संघ–संस्था र नागरिक समाजको संयुक्त आयोजनामा बृहत कार्यक्रमका साथ बुधबार दिउँसो पौडेललाई नागरिक अभिनन्दन गरिएको हो।

उदयपुर सिमेन्टको छलाङ

पञ्चायत अन्त्यको संघारताका उदयपुरको जलजलेमा जापानले उदयपुर सिमेन्ट उद्योग स्थापना गरेर ‘टेस्ट प्रोडक्सन’ गर्न थाल्यो। पञ्चायत ढलेर बहुदलीय व्यवस्थाको प्रादुर्भावसँगै जापानले उद्योग नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो। दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको गैंडा सिमेन्ट उत्पादनको सुरुताका नै गुणस्तरीय साबित भयो। नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि त गैंडा ब्रान्ड दक्षिण एसियाको उच्च गुणस्तरयुक्त सिमेन्ट कहलिन पुग्यो। जापानले हस्तान्तरण गरेपछि ०४९ मंसिरदेखि नेपाल सरकारको हातमा आएको उद्योगमा सुरुदेखि नै सत्ताधारी राजनीतिक दलले हालीमुहाली गर्न थाले।

उदयपुर सिमेन्टको उत्पादन पूर्ण क्षमताभन्दा १६ प्रतिशत बढी

उत्पादन वृद्धिमा तीव्रता दिँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडेले पछिल्लो २४ घण्टामा नयाँ कीर्तिमान राखेको छ। दैनिक(२४ घण्टा) ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगले शनिबार ९ सय ३० मेट्रिकटन उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो।

बजार हिडेकी बालिका डेढ महिनादेखि बेपत्ता

उदयपुरकी एक बालिका डेढमहिनादेखि सम्पर्कविहीन भएकी छिन्। कटारी बजार जान्छु भनेर हिडेकी नगरपालिका नगरपालिकाको सबभन्दा टाढा र बिकट वडा १४ नं. लेखानीकी १५ वर्षीया सीता दाहाल अहिलेसम्म घर नफर्केको परिवारजनले जनाएको छ।

कैदीबन्दीलाई जेलभित्रै ‘हाउस वाइरिङ’ तालिम

उदयपुरका कैदीबन्दीले ‘हाउस वाइरिङ’ तालिम लिन सुरु गरेका छन्। घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले जिल्ला कारागार शाखा गाईघाटमा सजाय भुक्तान गर्दै आएका कैदीबन्दीलाई ३ महिने हाउस वाइरिङ तालिममा सहभागी गराएको हो।

खोटो संकलनले उदयपुरको जंगल उजाडिदै, ६३ हजार सल्लाका रुख ताछियो

उदयपुरका विभिन्न सामुदायिक वन उपभोक्ता समूह (सावउस) मा सल्लाको खोटो निकाल्ने क्रम बढेपछि जिल्लाको वन उजाडिने खतरा बढेको छ।

उदयपुरमा ‘प्रदेशस्तरीय ब्याडमिन्टन’

उदयपुर सदरमुकाममा शनिबार बिहानदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल सुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा ‘दोस्रो १ नं. प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता ०७५’ को फाइनल खेल सुरु भएको हो।

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते

उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङखामा बिहीबार राति १० बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

उत्पादनमा अर्को कीर्तिमान

पछिल्लो दुई वर्षयता लगातार सुधार हुँदै आएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)ले उत्पादनमा अर्को कीर्तिमान स्थापित गरेको छ।

उपचार अभावमा गर्भवती महिलाको मृत्यु

देशभर ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ चलिरहेका बेला उदयपुरकी एक भर्गवती महिलाले उपचार अभावमा ज्यान गुमाएकी छन्।

ट्रिपर चालकलाई सडकमै ट्राफिक सचेतना कक्षा

उदयपुर ट्राफिकले ट्रिपर चालकलाई भेला गर्दै सचेतना कक्षा दिन थालेको छ। ट्रिपर दुर्घटनाले मान्छेको ज्यान लिनुका साथै घाइतेकाे संख्या बढ्दै जान थालेपछि दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न थालिएको हो।

वडाध्यक्षको जेसिबी दुर्घटना, चालक र सहचालक गम्भीर

उदयपुरमा एक जनप्रतिनिधिको जेसिबी शुक्रबार दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाकोउदयपुरगढी गाउँपालिकामा सडक खन्ने क्रममा भएको जेसिबी दुर्घटनामा परी चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन्।

धुवा नियन्त्रण गर्न उपकरण जडान

वर्षभरी खान भनेर लगाएको खेतबारीको अन्नपात धुलाम्य करेसाबारीमा लगाएको सागपात र तरकारी, फलफूल त्यस्तै धुलोसरी। त्यति मात्र कहाँ होर, खाना पकाउने भान्छा कोठामा ह्वारह्वारती धुलो पसेर खानेकुरा सबै विषाक्त बनाउनुका साथै सुत्ने कक्षको झ्यालढोका नथुने दिनहुँ धुलो पुछ्दाको हैरानीले केहीदिन अघिसम्म स्थानीयबासी आजित थिए।

डुबेको उद्योग फर्काएको भन्दै उदयपुर सिमेन्टका जिएम र अध्यक्ष सम्मानित

समय दिउँसोको ४ः३० हुँदै थियो, कार्यालय समय सकिदै गएकाले कर्मचारीहरू कार्यकक्षबाट बाहिँरिदै थिए, मजदुरहरु पनि ‘वर्क एरिया’ बाट हुलका हुन बाहिरिने क्रम चलिरहेको थियो। १५–२० मिनेटभित्र प्रशासनिक भवन अगाडिको फराकिलो आँगनमा कर्मचारी मजदुर बाक्लो जमघटमा परिणत भए। प्रशासनिक भवन प्रवेशद्वारअगाडि लहरै कुर्सीहरू राखिए, बीचमा एउटा टेबल पनि र टेबलमाथि कागजले छोपिएका केही सामान।

उदयपुरमा मोतियाबिन्दु रोगीको संख्या डरलाग्दो

उदयपुरको चौदण्डीगढी नगरपालिकामा मोतियाबिन्दुका रोगीको संख्या डरलाग्दो भेटिएको छ। नगरपालिकाले गङ्गालाल आँखा अस्पताल काठमाडौंसँग मिलेर गत ३ गतेदेखि सञ्चालन गरिरहेको ‘निशूल्क आँखा शिविर’ को क्रममा जँचाउन आउनेहरूमा धेरै मात्रामा मोतियाबिन्दुका रोगी भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्