१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

कोरियामा बुधबार एक नेपालीको मृत्यु भएको छ। उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए।

रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाइने

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशसकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाउन यहाँका सरोकारवालाहरू लागि परेका छन्। रौतामाई गाउँपालिका ५ मा पर्ने धार्मिकस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र छिमेकी स्थानीयतहरू लागी परेका हुन्।

भारतीयलाई नागरिकता दिएको विषयमा छानबिन सुरु

उदयपुरबाट भारतीय नागरिकले वंशजको आधारमा नागरिकता प्रमाणपत्र लिएको विषयमा स्थानीय प्रशासनले छानबिन थालेको छ।

उदयपुरमा बलात्कार घट्ना भयावह, १० महिनामा ३९ बलात्कार

पछिल्लो समय उदयपुरमा बलात्कारका घट्ना अत्यासलाग्दो तरिकाले वृद्धि भएको छ। गएको १० महिनामा मासिक ४ वटाका दरले बलात्कारका घट्ना घट्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।

१३ वर्षीय बालिका मृत फेला, बलात्कारपछि हत्या भएकाे हुन सक्ने अाशंका

उदयपुरमा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाका दुर्गबहादुर खड्काकी १३ वर्षीय छोरी एल्जिना खड्का नजिकैको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन्।

स्तरोन्नतिपछि गैंडाछाप सिमेन्टको उत्पादन सुरु

महिनादिन लामो स्तरोन्नतिपछि पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेस्थित गैंडा छाप सिमेन्टको उत्पादन सुचारु भएको छ। स्थापनापछि पहिलो पटक उद्योगका साना–ठूला सबै यन्त्रको मर्मत र स्तरोन्नतिका लागि महिनादिनयता गैंडाछापको उत्पादन रोकिएको थियो।

उदयपुरमा तीन सय विषयगत शिक्षकको दरबन्दी रिक्त

सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि राज्यले बर्षेनी अर्बौं रकम खर्चदै आएको छ। तर पनि नतिजा चित्तबुझ्दाे आउन नसकेको जगजाहेर छ। विद्यालयलाई गुणस्तरीय बनाउन आवश्यक पहिलो दक्ष जनशक्ति विषयगत शिक्षक हो, त्यही चाही उदयपुरमा छैन्।

मंगलबार पनि कटारी बजार बन्द

बजार अनुगमनको क्रममा प्रशासनले ज्यादती गरेको भन्दै उदयपुर उद्योग बाणिज्य संघले कटारी बजार मंगलबार (आज) पनि बन्द गराएको छ।

अनुगमनकाे विरोधमा कटारी बजार बन्द

चाडपर्वलार्इ लक्षित गर्दै थालिएकाे बजार अनुगमनकाे विराेधमा उदयपुरकाे कटारी बजार बन्द गरिएकाे छ।

चौदण्डीगढी–नारदमुनी गोल्डकप असोज २४ देखि, विजेताले ३ लाख पाउने

उदयपुरमा यही असोज २४ गतेबाट सातौं संस्करणको चौदण्डीगढी–नादरदमुनी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। खेल सदरमुकामबाहिर चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित नारदमुनी रंगशालामा हुनेछ।

उदयपुरमा ४ जनाको शव फेला

उदयपुरमा बिभिन्न कारणले एकैदिन ४ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ जना मृत फेला परेका छन् भने १ जनाको कंकाल जंगलबीच भेटिएको छ। त्यस्तै १ जनाको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उदयपुर सिमेन्ट उद्योगलाई स्तरोन्नति गरिँदै

स्थापनायताकै सबैभन्दा बढी उत्पादन गर्न सफल सरकारी स्वामित्वको गैंडा छाप सिमेन्टको उत्पादक उदयपुुर सिमेन्ट उद्योग लिमिटेड (उसीउली) जलजलेको स्तरोन्नति र मर्मत कार्य सुरु भएको छ।

उदयपुरका दर्जनौं यातायात मजदुर रोजगार विहीन

सरकारले सिन्डिकेट खारेज गर्न गरेको निर्णय हुबहु कार्यान्वयनमा नआएपनि यातायत मजदुरहरू भने प्रभावित भएका छन्।

उदयपुरमा सर्पको बिगबिगी, सुविधा सम्पन्न उपचार केन्द्र बनाउन माग

बेलुकाको खाना खाएर घरमै स्कुलको ‘होमवर्क’ गरेर निदाएकी १४ वर्षीया अस्मीता राईलाई सर्पले डसेको कुरा केहीबेरमै अभिभावकले पत्तो लगए। बेलका नगरपालिका २ भागलपुरस्थित घरछेउकै विद्यालयमा कक्षा ९ की छात्रा अस्मीतालाई राति ११ः०० बजे बिषालु सर्पले डसेको पत्ता लाग्नेबित्तिकै उपचार गर्न लानुपर्नेमा परिवारजनले धामीको सहारा लिन थाले।

गिनेरी पुलः ४ वर्षमा २० प्रतिशत काम

पुल निर्माण कार्यमा बद्नामी कमाइरहेको पप्पु निर्माण सेवाले उदयपुरको आयोजनामा पनि लापरबाही गरेको पाइएको छ। अर्को एक कम्पनीसँग ज्वयन्ट मेन्जर (जभी) मा कामको जिम्मा लिएको जिल्लाको बेलका नगरपालिका ३, ठोक्शीलास्थित गिदेरी खोलामा निर्माणाधिन पुल लापरबाहीका कारण ४ वर्षदेखि अलपत्र परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्