२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

चौदण्डीगढी–नारदमुनी गोल्डकप असोज २४ देखि, विजेताले ३ लाख पाउने

नारदमुनी गोल्डकप रङ्गशाला । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरमा यही असोज २४ गतेबाट सातौं संस्करणको चौदण्डीगढी–नादरदमुनी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। खेल सदरमुकामबाहिर चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित नारदमुनी रंगशालामा हुनेछ।

००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा स्थानीयले गोल्डकप प्रतियोगिता गर्दै आएका छन्।

प्रतियोगितामा ८ टिम आयोजक बसाहा ११, फ्युजन क्लब उदयपुर, मोरङ ११, चर्चब्जाइज युथ क्लब काठमाडौं, डीसीटी सुनसरी, ब्वाइज युनियन काठमाडौं, बारा ११ र गोर्खा ब्वाइज बुटवलले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा मोरङ ११ र चर्च ब्वाईज युनाइटेड काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए।

असोज ३० सम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख सहित ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै उपविजेताले १ लाख ५० हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष राईले बताए।

प्रकाशित: २१ आश्विन २०७५ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App