१२ मंसिर २०८१ बुधबार
image/svg+xml

उदयपुर बन्दले जनजीवन प्रभावित

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको आव्हानमा भएको बन्दले उदयपुरको जनजीवन प्रभावित बनाएको छ।

करेन्ट लागेर उदयपुरमा दुई जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–५ शिवाई खोलाको पूर्वपट्टि ढुंगा खसाउने क्रममा ना.अ.प.१३२९ नम्बरको टिप्परले हाइटेन्सनलाइन छुदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

राहत शिक्षकको आन्दोलनले उदयपुरमा पठनपाठन प्रभावित

नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण उदयपुरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ।

उदयपुर अस्पतालमा ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु

उदयपुर जिल्ला अस्पताललाई उत्कृष्ट बनाउने उद्देश्यले थप सेवाग्राही मैत्री बनाउने रणनीति अघि सारिएको छ।

बालिका र युवतीलाई जबरजस्ती गरेकाे अाराेपमा २ युवा पक्राउ

उदयपुरमा बालिका र युवतीमाथि जबरजस्ती गरेको आरोपमा २ युवा पक्राउ परेका छन्। गत बिहीबार अपरान्ह ४ः०० बजेको समयमा स्थानीय १७ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ का २६ वर्षीय चुडामणी खपाङ्गी मगर पक्राउ परेका छन्।

वर्षाले तराई जलमग्न, पहाडमा खडेरीले मकै सखाप

अहिलेको बर्खामा धेरै ठाउँमा बाढी पहिरो र डुबानको घट्ना सुनिदै आएको छ। उदयपुरकै सदरमुकाम गाईघाटलगायत तराईभेग र भित्री मधेसका कतिपय क्षेत्रमा डुबान समस्या बढिरहँदा जिल्लाकै पहाडी भेग र खोँचमा भने चाहिदो वर्षा नभएपछि मुख्य बाली मानिएको मकै खेतीलाई खडेरीले स्वाहा पारिसकेको छ।

उदयपुर अस्पतालमा विरामीको घुइँचो, भुइँमा राखी उपचार

केहीदिनयता उदयपुर अस्पतालमा विरामीको चाप अत्याधिक बढेको छ। पछिल्लो समय वर्षायाम लागेपछि स्थानीयमा रुघाखोकी, झाडा पखाला र भाईरल ज्वरोका विरामी बढेर अस्पताल भरिभराउ हुने गरेको छ।

मलेसियामा उदयपुरे युवाद्वारा आत्महत्या

उदयपुरका एक युवाले मलेसियामा आत्महत्या गरेका छन्। वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि मलेसियामा कार्यरत ताप्ली गाउँपालिका ३ इनामेका २५ वर्षीय दिलबहादुर तामाङले कम्पनीदेखि केही टाढा जंगलमा झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन्।

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा बढी फ्रिज हुन पुगेको छ।

उदयपुर अदालतमा ७५ प्रतिशत मुद्दा फर्स्याैट

जिल्ला अदालत उदयपुरले लक्ष्यभन्दा बढी मुद्दाको फैसला गरेको छ। अदालतले आर्थिक वर्ष २०७४/७५ मा ७० प्रतिशत मुद्दा फर्स्याैट गर्ने लक्ष्य लिएकोमा ७५ प्रतिशत कटाएको जानकारी दिएको छ।

उदयपुरमा अवैध मेडिकल सञ्चालक पक्राउ

उदयपुरका दुई अवैध मेडिकल सञ्चालक बुधबार पक्राउ परेका छन्। मिति जुग्रेको औषधि बेच्ने एउटा मेडिकलका सबै औषधि जफत गरी बन्द गरिएको छ। अधिकतर मेडिकल पसलहरु अवैध रहेको जनगुनासोका आधारमा बुधबार गरिएको छड्के अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा ल्याइएका अवैद्य मेडिकल सञ्चालकलाई पक्राउ गरिएको हो।

विद्युत अनियमिताले उदयपुर सिमेन्ट उद्योग समस्यामा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई मागेजत्ति विद्युत उपलब्ध गराउने घोषणा गरिरहँदा उदयपुरस्थित पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)लाई भने विद्युत अनियमितताले निकै सास्ति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्