१२ मंसिर २०८१ बुधबार
image/svg+xml

उदयपुरमा तास खेल्ने १० जनासहित २४ पक्राउ

उदयपुरमा जुवाजन्य खेल खेल्ने १० जनालाई प्रहरीले मंगलबार दिउसो नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। सदरमुकाम नजिकै त्रियुगा नगरपालिका ३ मोतिगडास्थित अमृतबहादुर खत्रीको घरमा गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा घरधनी खत्रीसहित १० जना तास खेल्दै गरेको अवस्थामा दगद ३० हजार ९ सय ६५ रुपैंयासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

चट्याङ लागेर उदयपुरमा ३ को मृत्यु

उदयपुरमा बिहीबार दिउँसो चट्याङ लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको  लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ३ स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ।

रमपम पाँचौ उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

रुस्लान थ्रीस्टार क्लब ललितपुरलाई उदयपुरको खेलमैदानले फेरि पनि साथ दिएको छ। शनिबार सम्पन्न पाँचौं उदयपुर गोल्डकप प्रतियोगितामा तनावपूर्ण खेलको सामना गर्नु परे पनि थ्रीस्टार उपाधि चुम्न सफल भएको छ।

उदयपुर गोल्डकपः उपाधिका लागी थ्री स्टार र मनाङ भिड्दै

उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ।

रमपम उदयपुर गोल्डकप : मनाङ र थ्रीस्टार फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब उदयपुरमा जारी पाँचौ रमपम उदयपुर गोल्डकपको फाइनलमा पुगेको छ। बिहीबार भएको खेलमा सुनसरीको आत्मघाती १ सहित ३–२ गोलको अन्तरले मनाङ फाइनलमा पुग्न सफल भएको हो।

रमपम उदयपुर गोल्डकप : मनाङद्वारा उदयपुर पराजित

उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ मा ए डिभिजन टिम मनाङ मर्स्याङ्दी क्लब काठमाडाैं सेमिफाइनल प्रवेश गरेको छ। आइतबारको खेलमा घरेलु टिम उदयपुर ११ लाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनलको दावेदार हुन पुगेको हो।

‘रमपम उदयपुर गोल्डकप’ सुरु, झापाको विजय सुरुआत

उदयपुरमा शनिबारदेखि सुरु ‘पाँचौं रमपम उदयपुर गोल्डकप ०७५’ प्रतियोगितामा झापा ११ ले विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा झापाले रुपन्देही ११ लाई शूल्यका बिरुद्ध १ गोल गरी विजयी यात्रा प्रारम्भ गरेको हो।

हावाहुरीले उदयपुरमा १ को मृत्यु, १ घाइते

बुधबार बिहान असिना पानीसँगै चलेको ठूलो हावाहुरीका कारण उदयपुरमा एक वृद्धाको मृत्यु भएको छ।

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

विप्लवका सिराहा इन्चार्ज उदयपुरबाट पक्राउ

नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिराहा इन्चार्ज बिहीबार उदयपुरबाट पक्राउ परेका छन्। उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ७ चुहाडेमा घर भई सिराहा इन्चार्जको जिम्मेबारीमा रहेका अंकुल राउत घर आाएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो।

उदयपुरमा आगलागीबाट २ घर नष्ट

उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । आईतबार साँझ जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा एक्कासी भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो।

उदयपुरका नापी प्रमुख घुससहित पक्राउ

उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार बिहान घुससहित पक्राउ परेका छन्। अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो।

उदयपुरमा भीषण आगलागी, बाह्र घर जलेर नस्ट, एक बेपत्ता

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ।

उदयपुरका गाउँपालिकाहरू विद्युतविहीन

स्थानीय तह सञ्चालनमा आएको वर्षदिन पुग्न लाग्दासम्म उदयपुरको गाउँपालिकाहरू विद्युतविहिन छन्। विद्युत सेवा नपुगेका कारण गाउँपालिकाका दैनिक कामकाज सोलार प्यानलको भरमा चलाउनुपर्दा सेवाग्राहीले चुस्त सेवा पाउन नसकेको गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्