१२ मंसिर २०८१ बुधबार
image/svg+xml

उदयपुरको घुर्मीमा जीप दुर्घटना, १० घाइते

उदयपुरको कटारी नगरपालिकाको घुर्मीमा जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । ओखलढुंगा सदरमुकामबाट काठमाडौका लागि  छुटेको जीप बुधवार बिहान दुर्घटनामा परेको हो ।

उदयपुरबाट काँग्रेसमा दुई महिला सांसद मनोनीत

हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन्।

उदयपुरबाट प्रतिनिधिसभामा २ महिला सांसद थपिए

प्रतिनिधिसभामा उयदपुरबाट २ जना महिला सांसद थपिएका छन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ २ सांसद प्रतिनिधिसभामा थपिएका हुन् । कांग्रेसले अघिल्लो दिन निर्वाचन आयोगलाई दिएको सिफारिस अुनसार पार्टी नेतृ प्रमिला राई र दलित नेतृ लक्ष्मी परियार कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा सांसद परेका हुन्।

उदयपुर अस्पताल औषधिविहीन

जिल्ला अस्पताल उदयपुर औषधिविहीन भएको छ । अस्पतालमा निशूल्क वितरण गर्नुपर्ने औषधि सकिएपछि गरिव, निमुखा, बिपन्न र बृद्धबृद्धाले पाउने औषधि पाउन छाडेको अस्पताल प्रशासनले जनाएको छ।

उदयपुर अब साक्षर जिल्ला

उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। साक्षर जिल्ला हुन नेपाल सरकार, शिक्षा मन्त्रालयले जारी गरेको मापदण्ड पुरा गरेकाले साक्षर जिल्ला घोषणा हुनलागेको हो।

उदयपुरका ३ पसलमा चोरी

जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ।

‘उदयपुर स्पोर्टस् भलिबल’ उपाधि आयोजकको पोल्टामा

उदयपुरमा सम्पन्न ‘प्रथम उदयपुर स्पोर्टस कप गाउँ÷नगरपालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता ०७४’ को उपाधि आयोजक समूहको पोल्टामा परेको छ। शनिबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी बेलका नगरपालिकालाई बेस्ट फाईभमा ३ सेटले पराजित गर्दै आयोजक उदयपुर स्पोर्टस् क्लब गाईघाटले उपाधि चुमेको हो।

उदयपुरबाट प्रदेशसभामा ३ महिला सांसद

नेपालको संविधान २०७२ ले सबै क्षेत्रमा महिला सहभागिता अनिवार्य गराउने व्यवस्था गरेपछि राजनीतिक क्षेत्रमा पनि महिलाहरु अग्रसर हुने मौका पाउँदैछन्।

उदयपुर सिमेन्ट प्रदुषणमुक्त, मजदुर र स्थानीयलाई राहत

उदयपुरमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले प्रदुषणमुक्त भएपछि कामदार मजदुर र स्थानीयलाई राहत मिलेको छ। उद्योगले फाल्ने धुँवा र धुलोको कारण वर्षौंदेखि समस्या भोग्दै आएका मजदुर र स्थानीयबासी उद्यागेमा ईलेक्ट्रो स्टारिक पावर इन्जिन (इएसपी) जडान गरिएपछि प्रदुषणबाट बच्न सफल भएका हुन्।

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।

साँधसीमा सिरहामा,कर बुझाउन उदयपुर

धनगडीमाई नगरपालिका–१४ का ईश्वर विश्वकर्मा दुई दशकदेखि जग्गाको पोत(कर) तिर्न उदयपुर धाउँदै छन् । सिरहा जिल्ला धनगडीमाई नगरपालिका–१४ सर्रेअम्बासमा रहेको जग्गाको पोत उनी उदयपुर जिल्लाको रिस्कु गाँउपालिकामा तिर्नुपर्छ ।

उदयपुर प्रशासनमा ‘ध्वनी नागरिक वडापत्र’

जिल्ला प्रशासन कार्यालय उदयपुरले ‘ध्वनी नागरिक वडापत्र’ सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई काम लिन सहज र सरल बनाउने उदेश्यले यसै सातादेखि प्रशासनले कार्यालय परिसरमा आवाजमार्फत कामको विवरण र सेवासम्बन्धी आवश्यक जानकारी दिन थालेको हो ।

पुल बनेपछि उदयपुर र खोटाङबीच सोझो मार्ग

उदयपुर र खोटाङको सिधा मार्ग आईतबारदेखि खुलेको छ। सगरमाथा लोकमार्ग अन्तर्गत पर्ने उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिदका लिच्कीराम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिच जडान गरिएपछि २ जिल्ला सोझो सडक मार्गमार्फत जोडिएका हुन्।

उदयपुरका ३७ उम्मेदवारको जमानत जफत

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिने यहाँका ३ दर्जन बढी उम्मेदवारको धरौटी (जमानत) रकम जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार कूल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेका बिभिन्न राजनीतिक दलसँग आबद्ध तथा स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो।

उदयपुर-१ मा खड्काको ‘ह्याट्रिक’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का उदयपुर प्रतिनिधिसभा १ मा विजयी भएका छन् । सोमबार विहान ९ः०० बजेको सार्वजनिक अन्तिम मत परिणाम अनुसार वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ मञ्जु चौधरीलाई ५ सय ४७ मतको अन्तरले हराउँदै खड्का विजयी भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्