१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कांग्रेसको साख जोगाउँदै उदयपुरको १ (ख) मा कार्की विजयी

उदयपुर बाम गठबन्धनको ‘क्लिन स्वीप’ हुनबाट जोगिएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ (२) प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले साख बचाउँदै गठबन्धनको क्लिन स्वीप हुनबाट जिल्लालाई बचाएका हुन्। कार्कीले १६ हजार ७ सय ९२ मत ल्याएर गठबन्धनका उम्मेदवार रामबहादुर थापामगरलाई पराजित गरेका छन्। माओबादी केन्द्रका समानुपातिक पूर्व सभासद थापामगरले १५ हजार १ सय ९४ मत ल्याएका छन्।

उदयपुर-१ मा डा.नारायण खड्का झिनो मतले अगाडि

उदयपुर प्रतिनिधिसभा १ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सुरुदेखि नै काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का र एमाले वैकल्पिक केन्द्रीय सदस्य मञ्जु चौधरीबीच थोरै मतान्तरले अघिपछि हुँदै आएका छन्। उनीहरु दुवैले निवर्तमान सांसद तथा पूर्व सहरी विकास मन्त्रालय सम्हालिसकेका हुन्।

उदयपुर २ मा सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी

उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार सुरेशकुमार राई हिमाल विजयी भएका छन् । यही क्षेत्र अन्तर्गतका प्रदेश सभा सदस्य दुवैमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

उदयपुरमा विष्फोटपछि सुरक्षा सतर्कता बढाइयो

चुनावी प्रचार अभियानरत बाम गठबन्धनका उम्मेदवारको कार्यक्रमलाई लक्षित गरेर शुक्रबार साँझ अज्ञात समूहले बम विष्फोट गराएपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइएको छ । प्रतिनिधिसभा २ का उम्मेदवार माओबादी केन्द्रका स्थायी समिति सदस्य सुरेशकुमार राई हिमाल र प्रदेशसभा २ (१) का उम्मेदवार माकेकै नारायण बुर्जामगरको कार्यक्रमस्थल आसपास विष्फोट भएपछि त्यसभेग र समग्र जिल्लामा सुरक्षा सतर्कता बढाइएको हो ।

उदयपुरमा कांग्रेसलाई साख बचाउने चुनौती

लगातार २ पटक चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कालाई आउँदो संघीय प्रतिनिधिसभा चुनाव ‘फलामको च्युरा’ सावित हुने अनुमान गरिएको छ। डा. खड्काले ०६४ र ०७० को दुईवटै संविधानसभा चुनावमा प्रतिस्पर्धी एमाले र माओवादीलाई फराकिलो अन्तरले पराजित गर्न सफल भएका थिए।

चट्याङले उदयपुरमा एकको मृत्यु

उदयपुरमा गएराति चट्याङ लागेर एक बृद्धको मृत्यु भएको छ। अघिल्लो मध्यराति वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिकाको पहाडी वडा १५ नम्बर साउनेको सालथुम्काकी ६५ वर्षीया छलिमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीद्वारा खोटाङ र उदयपुर जोड्ने पुल शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुर जोड्ने पक्की पुल शिलान्यास गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेवल पक्की पुल शिलान्यास गरेका हुन्। हेलीकोप्टरबाट धाप्लाङ ओर्लिएका प्रधानमन्त्री देउवाले शनिबार बिहान पुल शिलान्यास गरेका हुन् । पुल शिलान्यास लगत्तै देउवा फर्किएका छन् ।

उदयपुर १४ घण्टादेखि अन्धकार

विद्युत आपूर्ति नभएका कारण उदयपुर गएको १४ घण्टादेखि अन्धकार रहेको छ। शुक्रबार राति ११ बजेदेखि अवरुद्ध भएको विद्युत शनिबार १ बजेसम्म सुचारु हुन सकेको छैन। लगातार १४ घण्टादेखि विद्युत अवरुद्ध भएका कारण जिल्लाबासीको जनजीवन प्रभावित भएको छ।

उदयपुरमा मोवाईल–टेलिफोन सेवामा समस्या

नेपाल टेलिकमद्वारा सञ्चालित टेलिफोन सेवा आईतबार विहानदेखि उदयुरमा अवरुद्ध भएको छ। टेलिफोन समस्याका कारण यहाँका सेवाग्राही मार्कामा परेका छन् । टेलिकमले वितरण गरेको ल्याण्डलाईन (पिएसटिएन) फोन र मोवाईल (जिएसएम) फोन सेवाबीचको अन्तरसम्बन्ध टुटेपछि सेवाग्राही मार्कामा परेका हुन्।

उदयपुर जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

जिल्ला समन्वय समिति ९ सदस्यीय गठन हुने भएको छ। स्थानीय तहको चुनाव सम्पन्न भएको एक महिनापछि आइतबार बसेको पहिलो जिल्लासभाको बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

पटक पटक विद्युत काटिने समस्याले गैडा ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग संकटमा परेको छ। पूर्ण सरकारी लगानी संचालन भएको उद्योगले २० वर्षको अवधिमा नाफामा गए पनि विद्युत काटिने समस्याले उद्योग चल्न नसक्ने अवस्थामा पुगेको हो।

आशा जगाए उदयपुर र हेटौंडा सिमेन्टले

नेपाल औषधि लिमिटेडपछि उदयपुर र हेटौंडा सिमेन्टले प्रगतिपथमा लम्कने संकेत देखाएका छन्।

उदयपुर जिल्ला अस्पतालमा एपेन्डिक्सको सफल अप्रेसन

उदयपुरमा पहिलोपटक एपेन्डिक्सको सफल सल्यक्रिया भएको छ। जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेण्डेन्टसमेत रहेका डा. फनिन्द्र बराल नेतृत्वको चिकित्सक टोलीले शुक्रबार बिहान एपेन्डिक्सको सफल अप्रेसन गरेको हो।

उदयपुरमा ६ थान सकेट बम फेला, सेनाले डिस्पोज गर्‍यो

जिल्लाको पश्चिमी भेगको उदयपुरगढी गाउँपालिकामा ६ थान शक्तिशाली सकेट बम फेला परेको छ। गाउँपालिका २, सिरुवानीस्थित एक किसानको जग्गामा फेला परेको सकेट बम नेपाली सेनाले मंगलबारै डिस्पोज गरेको छ।

उदयपुरमा १ सय ५८ महिलासहित ३ सय ९१ जनप्रतिनिधि

आउँदो स्थानीय चुनावपछि यहाँका १ सय ५८ महिलाले स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी पाउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्