उदयपुरमा पत्रकार अक्षयकोष स्थापना
नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।
नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।
गोलकिपर दिलीप क्षत्रीले उत्कृष्ट प्रदर्शन गरेपछि रूपन्देही–११ ले चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार रूपन्देहीले मोरङ–११ लाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो।
रुपन्देही ११ ले आइतबार उदयपुर रंगशालामा झापा फुटबल क्लबमाथि सडनडेथमा विजय हासिल गर्दै चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सोझै टाई–ब्रेकरमा धकेलिएको खेलमा नतिजाका लागि सडनडेथसम्म प्रतिक्षा गर्नुपरेको थियो।
आउँदो २७ गतेदेखि सुरु हुन गईरहेको उदयपुर गोल्डकपको चौथो संस्करणको खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । खेलकुदस्थल थरुहट उदयपुर रंगशालामै शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी मूल आयोजक समितिले टाईसिट सार्वजनिक गरेको हो।
विगत वर्षहरुको तुलनामा यो वर्ष उदयपुरमा धान उत्पादन झण्डै ३ हजार मेट्रिक टनले वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष २ हजार ९ सय १८ मेट्रिक टन धान उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरलाई ४ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ । ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति उदयपुर’ को शुक्रबार सम्पन्न अन्तिम बैठकले जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका बनाउने निर्णय गरेको हो ।
उदयपुरका जिल्ला शिक्षा अधिकारीले शैक्षिक अराजकता मच्चाएको भन्दै यहाँका शिक्षकहरुले बिहीबार शिक्षामन्त्रीलाई सरुवा गराउन ज्ञापनपत्र बुझाएका छन्। जिसिअ दिलिप ठाकुरले एक वर्षको अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित उनीहरुले ज्ञापनपत्रमार्फत मन्त्रीको ध्यानाकर्षण गराएका छन्।
उदयपुरमा बिहीबार बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल बिहानैखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन्।
जिल्लाको पूर्वी क्षेत्रको सिद्धिपुर गाविस– २ मा आज चट्याङले दुई जनाको मृत्यु भएको छ।
उदयपुर– यस वर्ष उदयपुरको धान रोपाइँ समयमै सकिएको छ। मनसुन बेलैमा भएका कारण कृषकलाई रोपाइँ गर्न यो वर्ष लामो समय कर्नुु परेन। जिल्ला कृषि विकास कार्यालय उदयपुरले गतविगत वर्षहरुको तुलनामा यो साल खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको जनाएको छ।
निजी क्षेत्रबाट सञ्चातिल सिमेन्ट उद्योगहरुले नाफा कमाइरहँदा सरकारको पूर्ण स्वामित्वमा सञ्चालित एसियाकै ठूलो मानिएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड अर्बौं नोक्सानीमा छ। गत वैशाख २१ गते ३०औं वार्षिकोत्सव मनाएको उद्योगले अहिलेसम्म झन्डै ४ अर्ब घाटा बेहोरको तथ्य बाहिर आएको छ।
उदयपुर– आफूले चलाएको सवारी साधन दुर्घटनामा परी कसैको ज्यान गएमा चालकलाई २० वर्षसम्म जेल सजाय हुने गरी सरकारले ल्याउन लागेको सवारी ऐनविरुद्ध उदयपुरका सवारी चालकहरुले आन्दोलित बनेका छन्।