७ वैशाख २०८१ शुक्रबार
समाज

२० वर्षे जेलसजाय तोक्न लागेको भन्दै उदयपुरका चालक आन्दोलित

उदयपुर– आफूले चलाएको सवारी साधन दुर्घटनामा परी कसैको ज्यान गएमा चालकलाई २० वर्षसम्म जेल सजाय हुने गरी सरकारले ल्याउन लागेको सवारी ऐनविरुद्ध उदयपुरका सवारी चालकहरुले आन्दोलित बनेका छन्।

विरोधस्वरुप उनीहरुले मंगलबार उदयपुरबाट सञ्चालन हुने सबै सवारी चालकहरु सदरमुकाम गाईघाटको मुख्य बसपार्कमा भेला पारी भएर बस पार्किङमा थन्क्याएर प्रदर्शन गरेका हुन्।

एकाबिहानैदेखि चल्ने बिभिन्न रुटका गाडीहरु मंगलबार भने कतै चलेको पाइएन। भएभरका सबै गाडी र अन्य सवारीसाधनहरु पनि बसपार्कमा ल्याएर लामबद्ध गरी थन्क्याएर उनीहरुले आउन लागेको कानुको विरोध गरेका छन्। चालकहरुको विरोधका कारण सदरमुकाम गाईघाटबाट लामो तथा छोटो दूरीमा चल्ने सयौं गाडीका सवारी अनुमतिपत्र लाईसेन्स र गाडीको चावी भुर्इंमा थुपारेर नयाँ शैलीको विरोध गरे।

अान्दाेलित चालकहरूले विराेध स्वरूप भेला परेका चालक अनुमतिपत्र र चाबी ।

चालकहरुले सरकारलाई आफूहरुलाई कारवाही गर्नुभन्दा पहिले सडक सञ्जाल सुधार हुनुपर्ने सुझाव दिएका छन्। दुर्घटना हुनुमा चालकको लापरवाही मात्र नभएर सडकको अवस्था मुख्य कारण हुने भन्दै उनीहरुले चालकलाई कडा कारबाहीको कानुनभन्दा पहिले सडक सुधार गरेर देखाउन सरकारलाई उनीहरुको चुनौती थियो।

चालक अरुण भुजेलले सडकको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै चालकहरुले त्यसमा सुधार गर्नेतर्फ सरकारले ध्यान दिनुको साटो सामान्य रोजीरोटीका लागि गरिखाने चालकलाई अनावश्यक कानून बनाएर बर्बाद पार्न लागेको अरोप लगाए। उनका अनुसार चालकको लापरवाहीलेभन्दा बढी दुर्घटना साँगुरो सडक, खाल्डाखुल्डी, जताततै भत्किएको सडक र अब्यवस्थित हाटबजारका कारण हुने गरेको छ। त्यस्तै सडकमा जताजतै निर्माण सामग्री थुपार्ने, व्यापारीहरुले सडकलाई नै पसलको रुपमा प्रयोग गर्ने, ट्राफिक नियमको उल्लंघन र चेतना अभाव पनि दुर्घटनाको अर्को कारण भएको उनको भनाइ छ।

विरोधमै रहेका अर्का चालक विजय तामाङले सडक, अव्यवस्थित हाटबजार ट्राफिक नियमनको कमीमा कतिपय दुर्घटना हुने गरेका बताए । यसरी अन्यक्षेत्रको दोषको भागीदार चाही चालक मात्र बन्नुपर्नेमा उनको असहमति छ । ‘दुर्घटना हुनुमा गल्ती ककसको छ, त्यो पत्ता लगाउनुपर्छ’ उनले असहमति राखे ‘धेरै कारणले हुने दुर्घटनाको कठोर सजाय चाहिँ चालकले मात्र भोग्नुपर्ने अवस्था न्यायपूर्ण होइन। त्यसैले यसबारे सरकारले सोँच्नुपर्छ ।’

नयाँ कानुनको विरोधमा चालकहरुले ७२ घण्टे अल्टिमेटम सरकारलाई दिएको बताएका छन् । ७२ घण्टे अल्टिमेटम सरकारले सुनुवा नगरे गाडीको चावी र लाईसेन्स साहुलाई जिम्मा दिएर अनिश्चितकाली आन्दोलनमा उत्रिने चेतनावी दिने निश्कर्षमा आफूहरु पुगेको चालक विनोद दासले बताए। चालक विरोध र बाढीका कारण गाडीहरु नचलेपछि उदयपुरको यातायात दिनभर ठप्प भएको छ।
 

प्रकाशित: ७ असार २०७३ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App