५ वैशाख २०८१ बुधबार
समाज

उदयपुरका जिशिअविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापनपत्र

उदयपुर– उदयपुरका जिल्ला शिक्षा अधिकारीले शैक्षिक अराजकता मच्चाएको भन्दै यहाँका शिक्षकहरुले बिहीबार शिक्षामन्त्रीलाई सरुवा गराउन ज्ञापनपत्र बुझाएका छन्। जिसिअ दिलिप ठाकुरले एक वर्षको अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित उनीहरुले ज्ञापनपत्रमार्फत मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

नेपाल शिक्षक महासंघ उदयपुरको अगुवाईमा नेपाली कांग्रेसनिकट शिक्षक युनियन, एमालेनिकट शिक्षक संगठन र माओबादी केन्द्रनिकट अखिल नेपाल शिक्षक संगठनमा आबद्ध शिक्षकहरु सहभागी टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। सरुवा भई आएको वर्षदिन नपुग्दै जिल्लाको शिक्षास्थिति ध्वस्त पारेका ठाकुरमाथि शिक्षकहरुको आरोप छ।

शिक्षकहरुले ठाकुरमाथि बिभिन्न १० बुँदे आरोप लगाउँदै जिल्लाको शैक्षिक अवस्था पूर्णरुपमा ध्वस्त पारेको आरोप लगाइएको छ। शैक्षिक वितरणमा स्वार्थ साँध्ने, भवन र भौतिक पूर्वाधार निर्माणमा काम सकिए पनि कमिशन नपाएसम्म भुक्तानी रोक्ने, आपूm अनुकुल शिक्षकहरुको सरुवा बढुवा गर्ने, दरबन्दी अनुसार सरुवा नदिने, मिलान नगर्नेलगायत आरोप उनीमाथि लागेको शिक्षक महासंघका अध्यक्ष तथा जनज्योति उमावि बेलटारका प्राचार्य अम्रेन्द्र झाले बताए। त्यस्तै कार्यालयमा समय नदिएको, शिक्षा समितिको बैठक निर्णयको अवमूल्यन गरेको, रिक्त दरबन्दीमा शिक्षक नियुक्ती नगरी महिनौंसम्म विद्यालयलाई शिक्षकविहीन बनाएको आरोप पनि झाले लगाए ।

उमावि मुर्कुचीका प्राचार्य तथा अखिल नेपाल शिक्षक संगठन उदयपुरका अध्यक्ष खड्ग थापा मगरले जिल्लाको शैक्षिक सुधारका लागि पनि ठाकुरलाई सरुवा गर्नैपर्ने बाध्यता आईपरेको बताए । मगरले गत असोज पहिलो साताको मन्त्रिपरिषद् निर्णयअनुसार बारामा सरुवा भएका ठाकुर पुनः उदयपुरमै बस्न माग गर्दै उच्च अदालत गुहार्नुमा व्यक्तिगत लाभहानीकै कारण हुनसक्ने बताए। वर्षदिनमा धेरै शैक्षिक अराजकता भित्र्याएकाले ठाकुरलाई कुनै हालतमा शिक्षा अधिकारीको रुपमा राख्न नहुने महासंघका सचिव काशीराज कार्कीको भनाई छ । उनको थमौती भएको खण्डमा महासंघ थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि शिक्षकहरुले दिएका छन् ।

कांग्रेसबाट शिक्षामन्त्री बनेकी चित्रलेखा यादवको पालामा उदयपुर सरुवा भई आएका उनको पछिल्लो मन्त्रिपरिषद् बैठकले बारास्थित शैक्षिक प्रशिक्षण केन्द्रमा काज सरुवा भएको थियो । तर, उनले आप्mनो सरुवा बदर हुनुपर्ने र उदयपुरमै जिशिअ दरबन्दी कायम हुनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट हालेर यहीँ बस्ने कसरत थालेपछि शिक्षकहरु उनको सरुवाका लागि ज्ञापनपत्र बुझाउन बाध्य भएको उमावि जाँतेका प्राचार्य पुष्पकुमार राईले बताए । उनको ठाउँमा अघिल्ला जिशिअ हरिहर धिताल बिहीबारै हाजिर भइसकेका छन्।  

प्रकाशित: १८ कार्तिक २०७३ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App