१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बालिका र युवतीलाई जबरजस्ती गरेकाे अाराेपमा २ युवा पक्राउ

उदयपुर – उदयपुरमा बालिका र युवतीमाथि जबरजस्ती गरेको आरोपमा २ युवा पक्राउ परेका छन्। गत बिहीबार अपरान्ह ४ः०० बजेको समयमा स्थानीय १७ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ का २६ वर्षीय चुडामणी खपाङ्गी मगर पक्राउ परेका छन्।

उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उदयपुरगढी गाउँपालिका ७ को सिस्ने खोल्सामा एकान्तमा एक्लै पारेर युवतीमाथि जबरजस्ती गरेको अभिभावकको उजुरीका आधारमा सुकौरा प्रहरी चौकीले मगरलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला ल्याएको हो।

त्यस्तै केही दिनअघि बालिकामाथि जबरजस्ती गरेर फरार रहेका त्रियुगा नगरपालिका ४ बगाहाका वीरेन्द्र बस्नेतलाई पनि प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ। बस्नेतलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले उजुरी दिएपछि पक्राउ गरेको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

गत ७ गते राति बालिकाकै घरमा गएर बस्नेतले जबरजस्ती गरेर फरार भएका थिए। बस्नेत स्थानीय मावि बगाहामा माध्यामिक शिक्षकमा कार्यरत छन्। पीडित पक्षको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा उनी पक्राउ परेको र उनीमाथि थप अनुसन्धान सुरु भइसकेको एसपी राईले बताए। 

 

प्रकाशित: १६ भाद्र २०७५ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App