१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरका एक युवाद्वारा क्वारेन्टाइनमै आत्महत्या

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिकाको एक क्वारेनटाइनमा बसेका युवाले बिहीबार राति झुण्डिएर आत्महत्या गरेका छन् । गाउँपालिका ७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका रौतामाई ७ गुराँसेका १८ वर्षीय सुमन विक झुण्डिएर आत्महत्या गरेको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईका अनुसार श्रीमतीको सलको पासो लगाएर कोठामै झुण्डि आत्महत्या गरेका विक शुक्रबार विहान मृत फेला परेका हुन् । प्रेमविवाह गरेर मजदुरी गर्न काठमाडौं पुगेका विक दम्पतिलाई वैशाख ११ गते उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति ८ः०० बजे खाना खाएर सुतेका श्रीमान विहान ३ः०० बजे पिसाव फेर्न उठ्दा झुण्डिईरहेको पाएपछि श्रीमतिले क्वारेन्टाईन प्रशासनलाई खवर गरेकी थिईन् । बाँकी कुनै कारण नखुलेकोले अनुसन्धान भईरहेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । प्रहरी टोली घट्नास्थल पुगेर लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको र थप अनुसन्धान भईरहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले क्वारेन्टाईनमा राखिएको सातादिन मात्र भएकाले उनीहरुमा संक्रमण भए नभएको खुलेको छैन । क्वारेन्टइनमा बसेको १४ दिन पुगेपछि मात्र स्वास्थ्य जाँच गर्ने व्यवस्था भएकाले उनीहरुको जाँच प्रक्रिया बाँकी रहेकाले संक्रमण थियो थिएन भन्न नसकिने उनले बताए ।

प्रकाशित: १९ वैशाख २०७७ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App