काभ्रेमा पुनर्निर्माण सुस्त
भूकम्पपछिको अवधिमा टहराबाट पक्की घरमा सर्ने लाभग्राहीको संख्या ४० प्रतिशत पनि नपुगेको जिल्ला अयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकले देखाउँछ।
भूकम्पपछिको अवधिमा टहराबाट पक्की घरमा सर्ने लाभग्राहीको संख्या ४० प्रतिशत पनि नपुगेको जिल्ला अयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकले देखाउँछ।
२०७२ वैशाख १२ गते मुलुकमा भूकम्पले ठूलो क्षति पु¥यायो। नेपालका लागि यो स्मरणीय प्राकृतिक विपत्तिको घडी हो। मानवीय क्षतिका हिसाबले पनि यो ठूलो घटना हो। तर, थाहा नहुनेगरी जुनसुकै बेला पनि हुन सक्ने यस्ता आपत्विपद्बाट जोगिन गरिने तयारी भने न्यून छ। विनासकारी भूकम्पको चार–चार वर्ष बित्दा पनि सरकारले त्यतिबेला भएको क्षति फर्काउन अझै सकेको छैन।
२०७२ वैशाख १२ गते भूकम्प गएको चार वर्ष बितिसकेको छ। यस अवधिमा रामेछापमा क्षति भई पुनर्निर्माणका लागि सम्झौता गरिएकामध्ये ६० दशमलव ८५ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न भएको छ। भूकम्पबाट घर क्षति भएका कुल लाभग्राही ४८ हजार सात सय ७९ रहेकामा ४६ हजार ६ सय ७८ घरको पुनर्निर्माणका लागि सम्झौता भएको थियो।
भूकम्प गएको चार वर्ष बित्दा पनि झन्झटिलो प्रक्रिया र प्राविधिकै लापरवाहीले सिन्धुलीमा पुर्ननिर्माणमा ढिलासुस्ती देखिएको छ। खटाइएको वडामा प्राविधिकहरू नबस्दा भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। जनप्रतिनिधि र प्राविधिकको समन्वय नभएकाले निजी आवासमा प्रगति हुन नसकेको जनप्रतिनिधिकै गुनासो छ।
भूकम्पले उथलपुथल बनाएको रसुवामा निजी आवास पुनर्निर्माणले भने प्राथमिकता पाएकै हो तर अन्य संरचना निर्माण भने ओझेलमा छन्। उत्तरगया गाउँपालिका–४ मा रहेको नवविजयी माविमा पुगनपुग दुई सय विद्यार्थी अध्ययनरत छन्। चिराचिरा परेका कारण रातो स्टिकर टाँसिएको भवनमै पढाउनुपरेको विद्यालयका प्रधानाध्यापक रमेशकुमार लामिछानेले बताए।
पछिल्लो समय प्राधिकरणले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानीजस्ता संरचना पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ।
भूकम्प पुनर्निर्माणका लागि अझै चार खर्ब २९ अर्ब रुपैयाँ बजेट आवश्यक देखिएको छ। भूकम्पको चार वर्षको अवधिमा प्राधिकरणले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक(सीईओ) सुशील ज्ञवालीले अपुग बजेट अर्थमन्त्रालयसँग माग गरी पठाएको बताए।
२०७२ को भूकम्पले क्षति पु-याएका चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। तीमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन पाँच सय ८३, निर्माण व्यवसायीमार्फत एक सय ३५ र गैरसरकारी संस्थामार्फत सात सय ५८ सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले जनाएको छ।
लामो संघर्ष र पर्खाइपछि उपत्यकाका तीन सम्पदाको पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माण सुरु भएको झण्डै ३/४ महिनामा काष्ठमण्डपको १०, धरहराको १२ र रानीपोखरीको ५ प्रतिशत काम सम्पन्न भएको छ।
सुन्धारास्थित गोश्वारा हुलाकको कार्यालय भवन भत्काइने भएको छ। धरहरा पुनर्निर्माणको क्रममा अवरोध पुग्ने भएपछि उक्त भवन भत्काउन लागिएको हो।
संवाद समूहद्धारा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा उपस्थित जिल्लाका दर्जन बैंक शाखाका प्रबन्धकले प्रभावितलाई सहज ढंगले सहुलियत ब्याजदरको ऋण प्रवाह गर्न सहमति जनाएका हुन्। उनीहरुले प्रक्रिया पु-याएर आउने प्रभावितलाई ऋणमा नढिलाउने सामूहिक प्रतिबद्धतासमेत जनाएका छन्।
चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झण्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो।
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो।
भूकम्पगएको करिब तीनवर्षपछि चर्केका घरको औपचारिक रूपमाप्रबलीकरण गर्ने कामसुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना र सहयोगीनिकाय युकेएआइडी, युएनओपिएस र ब्युल्ड चेन्जको सहयोगमाशुक्रबारदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ फलाँटेबाट सुरु भएको हो।
२०७२ मा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनर्निर्माणको काम सुरु भएको पनि ३ बर्ष वित्न लाग्यो। तर पनि यसले पूर्णता पाउन सकेको छैन। भूकम्प गएपछि मात्रै पाँच वटा सरकार परिवर्तन भए र सबैको प्रथामिकतामा रंगशाला पुनर्निर्माण एजेण्डा बने । तर पनि रंगशाला पुनर्निर्माणको गति बामे शैलीमा छ।