२१ आश्विन २०८१ सोमबार
image/svg+xml
भिडियो

भूकम्प गएको ३ वर्ष वित्यो, तर पुनर्निर्माण भएन दशरथ रंगशाला

काठमाडौं– २०७२ मा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनर्निर्माणको काम सुरु भएको पनि ३ बर्ष वित्न लाग्यो। तर पनि यसले पूर्णता पाउन सकेको छैन। भूकम्प गएपछि मात्रै पाँच वटा सरकार परिवर्तन भए र सबैको प्रथामिकतामा रंगशाला पुनर्निर्माण  एजेण्डा बने । तर पनि रंगशाला पुनर्निर्माणको गति बामे शैलीमा छ। 

अहिले रंगशालामा साधारणतर्फको प्याराफिटको छानो राख्ने काम सकिनुका साथै सिट राख्ने काम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार भीआइपी प्याराफिट बाहेक अरु पुनर्निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ, आगामी जेठ मसान्तभित्र पूर्ण रूपमा सक्ने लक्ष्य छ। रंगशाला पुनर्निर्माणको ढिलाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगगिता समेत प्रभावित हुँदै आएका छन् भने खेलकुद प्रशिक्षणमा समस्या देखिएको छ। 

देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला सञ्चालनमा नहुँदा खेलाडी तथा खेलप्रेमी पनि निराश बन्न थालेका छन्। खेलको विकासका लागि छिटो भन्दा छिटो रंगशाला पुनर्निर्माणको काम सक्नु जरुरी छ।

प्रकाशित: २८ चैत्र २०७५ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App