२४ कार्तिक २०८१ शनिबार
image/svg+xml

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो ८० करोड

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि ८० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। भूकम्पबाट क्षतिग्रस्त गोरखा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि भारत सरकारले ८० करोड रुपैयाँ हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ।

प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको उद्घाटन

महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन्। प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपियाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो। २०७४ असार २ गते भवन निर्माणको शुरुवात भएको थियो।

हुरी प्रभावित क्षेत्रमा युवा संघको पुनर्निर्माण अभियान

हावाहुरी प्रभावित बारा र पर्सामा सत्तारुढ दलनिकट युवा संघले पुनर्निर्माण अभियान सुरु गरेको छ। चैत १७ गते हुरी आएको भोलिपल्ट अध्यक्ष रमेश पौडेलको नेतृत्वमा युवा संघको टोली राहत र उद्दारमा खटिएको थियो। उक्त टोलीको नेतृत्वमा युवाहरु अहिले पुनर्निर्माणमा खटिएका छन्।

सिंहदरबारको पश्चिम भागलाई रेट्रोफिटिङ गरेर संरक्षण गरिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गर्ने भएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिए।

चार वर्षमा २८ प्रतिशत पुनर्निर्माण

कम्प गएको चार वर्ष बित्नै लाग्दा दुई सय २० वटा मात्रै ऐतिहासिक सम्पदा पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको ढिलासुस्तीकै कारणले  उपत्यकामा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको हो।

द्वन्द्वमा ध्वस्त संरचना पुनर्निर्माण अलपत्र

रुकुममा सशस्त्र द्वन्द्वको समयमा क्षतिग्रस्त सरकारी भौतिक संरचना पुनर्निर्माण लामो समय बितिसक्दा पनि पूरा हुन सकेको छैन। तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबाट क्षति पुर्‍याइएका सरकारी संरचना पुनर्निर्माण शान्ति प्रक्रिया सुरु भएसँगै सुरु गरिए पनि अहिलेसम्म एउटै पनि सम्पन्न भएको छैन।

६२ हजार घर बने

लाभग्राहीमध्ये ८५ हजार तीन सय ७० (९९ प्रतिशत) ले पहिलो, ७९ हजार चार सय ३२ (९० प्रतिशत) ले दोस्रो र ६२ हजार ८१ (७० प्रतिशत) ले तेस्रो किस्ता अनुदान लिइसकेका छन्।

सिन्धुपाल्चोकमा पुनर्निर्माण अन्तिम चरणमा, ६२ हजार घर बने

जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (डीएलपीआईयू÷जिमाली) को तथ्यांकअनुसार झण्डै ७१ प्रतिशत नयाँ घर बनिसकेका छन्। पछिल्लो एक महिनामा मात्रै पाँच हजार घर पुनर्निर्माण भएका हुन्। फागुनसम्म ५८ हजार घर बनेका थिए।

सम्पदाबस्तीको व्यवस्थापन कसरी ?

वि.सं. २०१५ को भूकम्पमा सम्पदाबस्तीहरूमा रहेका स्थानका सांस्कृतिक सम्पदाहरूमा ठूलो क्षति पुगेको सर्वविदितै छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण क्षतिग्रस्त भएका आधा दर्जन सम्पदाबस्तीको अध्ययन र पुनर्निर्माणका लागि बजेट छुट्याएको समाचार केही दिनअघि मात्र सञ्चार माध्यमहरूबाट थाहा पाइयो।

प्राधिकरणमा तालाबन्दी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूले जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालयमा ताला लगाएका छन्।

फेरि ठूलो भूकम्प जाला ?

वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यृ भयो। सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य भौतिक संरचना क्षति भए।

पुनर्निर्माण कार्यालयमा इन्जिनियरको ताला

भूकम्पपछिको पुनर्निर्माणका क्रममा खोटाङमा खटिएका इन्जिनियरहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) को कार्यालयमा ताला लगाएका छन् ।

सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण

सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका ९२ प्रतिशतभन्दा बढी आफ्ना संरचनाहरूको पुनर्निर्माण सम्पन्न गरेको छ। बाँकी पुनर्निर्माणका कार्य पनि अन्तिम चरण सशस्त्रले जनाएको छ।

कैलालीका दुई ठाउँमा सीमा समस्या

कैलालीका टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई ठाउँमा सीमा विवाद देखिएको छ। विवाद देखिएपछि नेपाल–भारत द्विदेशीय सीमा सर्भे टोलीले टीकापुर–८ खक्रौला र धनगढी–१४ फूलबारीस्थित चारवटा सीमास्तम्भ पुनर्निर्माणको काम स्थगन गरेको छ। टोलीका अनुसार खक्रौलास्थित ७०४/५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलबारीस्थित ७४२, ७४२/१, ७४२/२ र ७४२/३ नम्बरका सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिन्छ। फूलबारीका सबै सीमास्तम्भ हराइरहेको अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्