२४ कार्तिक २०८१ शनिबार
image/svg+xml

भूकम्प प्रभावित जिल्लाहरूमा चैत्र १५ बाट छुट सर्वेक्षण सुरु हुने

गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुटेका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरूको हकमा पुनःसर्वेक्षण गर्न लागेको हो।

एकीकृत बस्ती ठड्याउँदै विस्थापित (फोटो फिचर)

भूकम्पबाट थातथलो छोडेर यहाँ विस्थापित जीवन गुजारीरहेका पीडितहरुका लागि साढे दुई महिनादेखि एकीकृत बस्ती पुनर्निर्माणको काम भइरहेको हो।

भारतीय सहयोगका पुनर्निर्माण परियोजनाको समीक्षा

भारत सरकारको सहयोगमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगति समीक्षा गरिएको छ । भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको सोमबार सम्पन्न बैठकमा हालसम्मको प्रगतिबारे समीक्षा गर्दै पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

भारतले ७२ शैक्षिक संरचनाकोे पुनर्निर्माणमा प्राविधिक सहयोग  गर्ने

भारतीय राजदूतावास, काठमाडौं र सेन्ट्रल बियुल्डिङ रिसर्च इन्सच्युट (सिबिआरआइ), रोरकी भारतबीच नेपालका ७२ वटा शिक्षा संरचनामा भूकम्प पछिको पुनर्निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

बन्ने भयो रानीपोखरी

भुकम्प गएको करिव ४ वर्षपछि रानीपोखरी पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माणको शैली,प्रविधि र निर्माण सामाग्री सम्बन्धी विवादमा लामो समय जेलिएको ऐतिहासिक रानीपोखरी निर्माण पुनर्निर्माणको काम अलमलमा थियो ।

खै पुनर्निर्माणमा मौलिकता ?

भूकम्पपछिको पुनर्निर्माण कार्यमा परम्परागत शैलीका बलिया घर बनाएर हाम्रो मौलिकता जोगाउन सकिन्थ्यो। तर, त्यसो नगरीकन गाउँ–गाउँमा पक्कीघर बनाउने लहर चलेको छ।

रानीपोखरीको पुनर्निर्माण सुरु

लामो समय विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए। उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरेका छन्।

रसुवामा घर पुनर्निर्माणमा ३ अर्ब २४ करोड खर्च

भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि रसुवामा ३ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ। जिल्लामा ७६ प्रतिशत निजी आवास निर्माण भइसक्दा ३ अर्ब २४ करोड ३४ लाख ५० हजार रुपैयाँ खर्च भएको हो।

रानीपोखरी पुनर्निर्माणका लागि अनुगमन समिति गठन

रानीपोखरी र त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ।

स्थानीय सहभागितामा आगम्छे पुनर्निर्माण

हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिर पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका हुन्।

दरबार हाइस्कुल पुनर्निर्माणमा तीव्रता पायाे

निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माणको काम ५० प्रतिशतजति सकिएको छ।

रानीपोखरीको पुनर्निर्माण तीन चरणमा

उपत्यकाको मुख्य सम्पदाभित्र अटेको रानीपोखरीको पुनर्निर्माण तीन चरणमा हुने भएको छ। गएको १४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि नयाँ मोडालिटीमा पुनर्निर्माण थालिएको हो। यसअघि विवादका कारण पुनर्निर्माण अल्झिएको थियो।

जनता आवास : जसको आफ्नै आवास उठ्यो

भूकम्पपछिको पुनर्निर्माणभित्रका थुप्रै समस्या बाँकी छन्। भूकम्पमा घर भत्किएका तथा लाभग्राही सूचीमा नाम नभएकाहरू, सम्झौता गर्न विविध कारणले रोकिएकाहरूको घर कहिले र कसरी बनाउने भन्ने चिन्ता थियो। यस्तैमा रसुवामा जनता आवास भन्ने कार्यक्रम यस वर्षदेखि भित्रियो। सहरी विकास तथा भवन डिभिजन कार्यालयको संयोजनमा सुरु भएको यो कार्यक्रम प्रभावकारी हुन नसक्दा अहिले धेरैले दुःख पाइरहेका छन्।

भूकम्पपछिको पुनर्निर्माण : ५७ हजार प्रभावित परिवारले घर पाए

२०७२ सालको भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोक बौरिँदै जान थालेको छ। ५७ हजार प्रभावित परिवारले नयाँ घर पाएका छन्। सहरको छनक दिँदै ठडिरहेका गाउँ–बस्तीको पुनर्निर्माण लगभग अन्तिमतिर पुगेको छ।

पुनर्निर्माणपछि उत्तरबाहिनी मन्दिरमा भीडभाड

जीर्ण र अव्यवस्थित अवस्थामा रहेको काठमाडौं गोकर्णश्वर नगरपालिकाको कान्तिभैरव उत्तरबाहिनी मन्दिर पुनर्निमाण र व्यवस्थित भएपछि भक्तजनको भीड बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्