२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एकीकृत बस्ती ठड्याउँदै विस्थापित (फोटो फिचर)

तस्बिर : सिन्धुपाल्चोक, सेलाङ काफ्लेडाँडामा भूकम्पबाट विस्थापित पीडितका लागि निर्माण थालिएको एकीकृत बस्तीमा घरका भुँइ संरचनाको काम हुँदै। ध्रुव दंगाल

सेलाङ सिन्धुपाल्चोक – भर्खरै बनेका ‘इन्टरलक’ इँटालाई पानी खुवाउन कामदारलाई निर्देशन दिँदै गर्दा गिटी, बालुवा बोकेका दुई ट्रिपर आइपुगे।

सामग्री खन्याउने ठाउँ देखाउन सोबले तामाङ त्यतै कुदिहाले। अब ल्याउनुपर्ने सामग्री र परिमाण टिपाएर ट्रिपरवालालाई बिदाई गरेपछि उनी सीधै झ्यालढोका बनिरहेको ठाउँ हान्निए।

तीव्र गतिमा अघि बढिरहेको फर्निचरको काम देखेर मक्ख भइरहँदा उनलाई फलामे छड कटिङ भइरहेको ठाउँ पुग्ने हतारोले छोइहाल्यो। 

सोबले सेलाङ एकीकृत बस्ती विकास समितिका संयोजक हुन्। उनकै नेतृत्वमा स्थानीय काफ्लेडाँडामा १९ घरधुरीको एकीकृत बस्ती ठडिइरहेको छ। ‘अहिले ढिलासुस्ती गरे पाँचौ बर्खा पनि भलबाढी सोहोर्दै टहरोमै बस्न बाध्य हुनुपर्छ,’ पुनर्निर्माणमा खटिइरहँदा भेटिएका सोबलेले हतारिनुको कारण खुलाउँदै भने। 

आगामी बर्खाअगावै पक्की घरमा प्रवेश गर्ने समयसीमा निर्धारण गरेको छ, बस्ती विकास समितिले। त्यसैले नेता हुनुको नाताले उनलाई अरूलाई भन्दा बढी काममा हतारो र चटारो छ।

भूकम्पबाट थातथलो छोडेर यहाँ विस्थापित जीवन गुजारीरहेका पीडितहरुका लागि साढे दुई महिनादेखि एकीकृत बस्ती पुनर्निर्माणको काम भइरहेको हो। 

बस्तीमा बन्ने सबै घरको जग खनेर भुइँ संरचना (डिपिसी)को काम सुरु भएको संयोजक सोबलेले बताए। ‘इन्टरलक इँटा प्रयोग हुने भएकाले घर संरचना छिट्टै तयार हुनेमा विश्वस्त छौँ,’ साढे तीन वर्षभन्दा बढी समयदेखि अस्थायी टहरोमा आश्रित उनले भने।

स्थानीय साझेदार जनहित ग्रामीण सेवा समितिसँगको समन्वयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग विस्थापित शिविरमै एकीकृत बस्ती विकास भइरहेको हो। 

एकीकृत बस्ती बसाल्न दाता अक्सफामले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको साझेदार जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए।

उनका अनुसार बस्तीमा १७ तामाङ र दुई दलित परिवार बस्नेछन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृति दिएसँगै जुगल गाउँपालिकाले निर्माणस्थलसम्म पुग्ने सडक ट्रयाक खनिदिएपछि गत पुसदेखि बस्ती निर्माण थालिएको हो।

 

 

 

तस्बिर : सिन्धुपाल्चोक, सेलाङ काफ्लेडाँडामा भूकम्पबाट विस्थापित पीडितका लागि निर्माण थालिएको एकीकृत बस्तीमा घरका भुँइ संरचनाको काम हुँदै। ध्रुव दंगाल
तस्बिर : सिन्धुपाल्चोक, सेलाङ काफ्लेडाँडामा भूकम्पबाट विस्थापित पीडितका लागि निर्माण थालिएको एकीकृत बस्तीमा घरका भुँइ संरचनाको काम हुँदै। ध्रुव दंगाल
तस्बिर : सिन्धुपाल्चोक, सेलाङ काफ्लेडाँडामा भूकम्पबाट विस्थापित पीडितका लागि निर्माण थालिएको एकीकृत बस्तीमा घरका भुँइ संरचनाको काम हुँदै। ध्रुव दंगाल
तस्बिर : सिन्धुपाल्चोक, सेलाङ काफ्लेडाँडामा भूकम्पबाट विस्थापित पीडितका लागि निर्माण थालिएको एकीकृत बस्तीमा घरका भुँइ संरचनाको काम हुँदै। ध्रुव दंगाल
तस्बिर : सिन्धुपाल्चोक, सेलाङ काफ्लेडाँडामा भूकम्पबाट विस्थापित पीडितका लागि निर्माण थालिएको एकीकृत बस्तीमा घरका भुँइ संरचनाको काम हुँदै। ध्रुव दंगाल
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App