११ मंसिर २०८१ मंगलबार
image/svg+xml

श्रीलङ्काबाट सिक्नुपर्ने पाठ

चालु आ.व. मा व्यापार घाटा राष्ट्रिय बजेटको आकारको र जि.डि.पी. को ३५ प्रतिशत हुने देखिन्छ। यो अत्यन्त भयाबह स्थिति हो। यस विषयगत क्षेत्रमा नेपालको स्थिति श्रीलङ्काको भन्दा खतरनाक छ।

राहदानी वितरणमा ढिलासुस्तीविरुद्ध विभाग घेराउ गर्ने

राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ।

स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

कूटनीतिको पासो

चीनका लागि नेपाली राजदूत बनेर माओसँग मित्रता गरेका तत्कालीन परराष्ट्रमन्त्री रणधीर सुब्बा बारम्बार भन्थे, 'घरभित्रै एकता भएन भने राष्ट्र भाँडिन्छ। कूटनीतिको पासो कसिँदै जान्छ।'

मिटरब्याजीको पासोमा निमुखा

सप्तरीका दर्जनौं परिवारको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेलीविरुद्ध पीडितले उजुरी दिएपछि उनी परिवारसहित फरार भए।

खुम्बु पासाङल्हामू गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षमा मिङमा छिरी शेर्पा, उपाध्यक्षमा टासी ल्हमु शेर्पा विजयी भएका छन्।

महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा. भुसाल सगरमाथा आरोहण गर्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन्।

दल फेरबदलको लहड

शुक्रबार तनहुँमा नेकपा एमाले त्याग गर्दै एकीकृत समाजवादीमा गएका शुक्लागण्डकी नगरपालिकाका दुई वडाध्यक्षसहित तीन जना जनप्रतिनिधि फेरि एमालेमा फर्किए।

डढेलोका कारण नाक्चुङ बस्ती जोखिममा

डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेका वडाध्यक्ष शेर्पाले बताए। तीव्र बेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ।

राप्रपा केन्द्रीय सदस्यमा रेखा थापासहित १४ जना मनोनीत (नामावलीसहित)

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

अतिक्रमित सरकारी जग्गा खोज्दै कपास विकास समिति

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङका विपन्न किसानको जीविकोपार्जन सुधार गर्न तथा स्वदेशमा खपत हुने कपासको माग धान्ने गरी २०३७ पुसमा सरकारले उक्त समिति गठन गरेको थियो। तत्कालीन समयमा एक हजार २०० हेक्टर बन क्षेत्र फँडानी गरी सरकारले कुम्भर फार्मको नाममा ५५० हेक्टर जग्गा उपलब्ध गराएको थियो।

सुलभ सेवा

सरकारको सेवा भन्नेबित्तिकै जहिल्यै नकारात्मक भावना उत्पन्न हुने अवस्था किन सिर्जना गरिन्छ? सरकारी सेवालाई सहज र सुलभ बनाउन सकिन्छ। दुनियाँका लोकतान्त्रिक मुलुकमा यो सम्भव भइरहेको छ भने हामीकहाँ मात्र किन हुँदैन?

इ–पासपोर्टका लागि रातभरि लाम

बिदेसिन चाहने, खासगरी श्रमका लागि खाडी मुलुक जान चाहनेले राष्ट्रिय परिचयपत्र र विद्युतीय पासपोर्ट लिन दुईदेखि तीन महिना जिल्ला प्रशासनमा धाउनुपर्छ। त्यसका लागि उनीहरूले अघिल्लो दिनदेखि नै लाइन लाग्नुपर्छ।

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्