४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो।

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंगलवार विहान ६ बजे आसपासमा जिपको ब्रेक फेल भई कर्णाली राजमार्गबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता ईन्द्रजित सुनारले जानकारी दिएका छन्।

ढोरपाटनमा ट्याक्सी दुर्घटना दुईको मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बैतडी जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको जिप दुर्घटना, ४ जनाको मृत्यु

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो।

कलङ्कीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

धनपालथान गाउँपालिका–५ का २२ वर्षीय मन्तोष सरदार मोटरसाइकल दुर्घटनामा घाइते भइ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

बोलेरो दुर्घटनामा १ को मृत्यु, १२ घाइते

उदयपुरगढी गाउँपालिकाबाट गाईघाटतर्फ आउँदै गरेको स १ च ९३९ नं. को बोलेरो जीप मदन भण्डारी लोकमार्गको नेपालटार नजिकै चियाबारीमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सोमबार राति मोरङको पथरीशनिश्चरेमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मे१त नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा करिब राति ८ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेट जादाँ बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो।

निर्माणाधीन त्रिशूली पुलमा फेरि दुर्घटना

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्किएको थियो। भत्केको पुलको संरचना मर्मत गर्ने क्रममा आइतबार फलामे ट्रससँगै नदीमा खसेका भारतीय नागरिक विजय यादवको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो।

दाउन्ने दुर्घटना अपडेट: घाइतेमध्ये तीनको मृत्यु

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ नवलपरासीको दाउन्नेमा दुर्घटना भएको थियो । बस सडकबाट करिब दुइ सय मिटर तल भिरमा खसेको थियाे। दुर्घटनामा बसमा सवार ३१ जना घाइते भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्