१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चुनावी प्रतिस्पर्धामा कानुन व्यवसायी

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिका लागि प्रत्यक्ष चुनावबाट लोकतान्त्रिक र प्रगतिशील समूहको मुख्य प्रतिस्पर्धा हुँदैछ। आगामी शनिबार सातै प्रदेशबाट हुन लागेको प्रत्यक्ष चुनावमा २५ औं कार्यसमितिका लागि ८ जना अध्यक्षसहित २५ पदमा प्रतिस्पर्धा गर्दैछन्। विभिन्न समूह र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भए पनि मुख्यगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित प्रगतिशील पेसागत कानुन व्यवसायी र नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक कानुन व्यवसायीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

अमेरिकामा रहेकी राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भएकी छन्।

पर्यटक कार्यविधि कार्यान्वयन गर्न माग

नेपाल सरकारले ल्याएको पर्यटक कार्यविधि कार्यान्वयन गराउन ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान)ले माग  गरेको छ। सरकारले गत भदौ १६ गतेबाट लागू गरेको ‘साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५’ कार्यान्वयन नहुँदा पर्यटन क्षेत्रमा समस्या देखिएको भन्दै कार्यान्वयन गर्न टिगानले माग गरेको हो।

मुस्ताङको हिउँमा स्की

हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा दोस्रो संस्करणको राष्ट्रियस्तरको स्की प्रतियोगिता गरिएको छ। समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाइको मुक्तिनाथ क्षेत्रमा स्की एसोसिएसनले दोस्रो पटक यो प्रतियोगिता आयोजना गरेको हो। राष्ट्रियस्तरको दोस्रो संस्करणमा विभिन्न पाँचवटा विधामा प्रतिस्पर्धा भएको थियो।

वकिलको राजनीति

नेपाल बार एसोसिएसनले लगभग ७ दशकको इतिहास तय गर्दै गर्दा अबका दिनमा बारको भूमिका के, कानुन व्यवसायीहरूको हितको संरक्षण कसरी गर्ने र कानुनी राज, मानव अधिकार र स्वतन्त्र न्यायालयका विषयमा कानुन व्यवसायीले कसरी भूमिका खेल्ने भन्ने विषयमा गम्भीर चर्चा भइरहेको छ। आगामी चैतमा नेतृत्व परिवर्तनका लागि हुन गइरहेको बार अधिवेशन केन्द्रित वकिलको राजनीतिका केही आयामहरू चर्चायोग्य छन्।

मलेसिया र इन्डोनेसियाली पाहुना बोलाउँदै ट्रेकिङ व्यवसायी

अन्नपूर्ण क्षेत्रको पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले प्रवद्र्धनात्मक गतिविधि गर्ने भएको छ। पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्रामा मलेसिया, इन्डोनेसिया, सिंगापुरका पदयात्री बढी थपिन थालेका छन्।

क्यान इन्फोटेक माघ १५ देखि २०सम्म

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

स्वामित्व/दायित्व ग्रहण

केही समयअघि नेपाल बार एसोसिएसनबाट आयोजित नवागन्तुक कानुन व्यवसायीहरूको प्रशिक्षणमा ‘पीडितशास्त्र र पीडित न्याय प्रणाली’ विषयमा प्रशिक्षकको हैसियतमा आमन्त्रित थिएँ। प्रेषित पत्रमा ‘मुुलुकी अपराध (संहिता) ऐन, २०७४ मा अपराधका पीडितलाई प्रदान गरिने क्षतिपूर्ति’ भन्ने उपशीर्षक पनि थियो।

श्रद्धाञ्जलिको सार्थकता

केही दिनअघि नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको देहवसानमा शोक प्रकट गर्न बार भवनको प्रांगणमा उनको पार्थिक शरीर राखेर श्रद्धाञ्जलि अर्पण गर्ने व्यवस्था गरेको थियो । न्याय तथा कानुनी परिसरमा विशिष्टतम् स्थान बनाउन सफल श्रेष्ठको देहावसानबाट यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

मेडिकल एशोसिएसन र मेडिकल व्यवसायीबीच एकता

नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकता भएको छ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा मेडिकल एशोसिएसन र मेडिकल संघले संयुक्त पत्रकार सम्मेलन गरेर गाम्का र वायोमेट्रिकको नाममा जारी सिण्डिकेट अन्त्यको लागि दुई संस्था एक भएको बताएका छन्।

सिएसआरको पैसा सरकारी कोषबाट खर्च

निजी क्षेत्रका उद्योग, प्रतिष्ठानले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च गर्ने रकम अबदेखि सरकारी कोषमार्फत परिचालन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्