६ आश्विन २०८१ आइतबार
image/svg+xml

अब जलविद्युतमा खराब लगानी निषेध गरिन्छः मन्त्री पुन

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जलविद्युत क्षेत्रमा लगानीका लागि खराब मानसिकता र प्रवृत्तिका मानिस वा समूहलाई निषेध गरिने बताएका छन्।

लगानी कोषले ब्याज छुट दिने

नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्ने सहभागीलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुटसमेत गरी २०७६ चैतदेखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र बुझाए सो अवधिमा लागेको ब्याजको १० प्रतिशत छुट दिने भएको छ ।

दाना खान नपाएर धमाधम मरे कुखुरा

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर २ पहाडीपुरका दीपक गुरुङ अहिले निकै तनावमा छन्। करोडौंको लगानीमा उनले सञ्चालन गरेको फर्मका कुखुरा दाना खान नपाएर धमाधम मरिरहेका छन्, भने अर्कोतिर किस्ता बुझाउन बैंकबाट दिनहुँजसो फोन आइरहेको छ।

छ करोड लगानीमा बोधी भिल्ला बेङ्क्वेट

रूपन्देहीको मंगलापुरमा बोधी भिल्ला बेङ्क्वेट सञ्चालनमा आएको छ। ६ करोड बढीको लगानीमा खुलेको वेङक्वेट र रक गार्डेन रेष्टुरेन्ट मंगलबारदेखि सञ्चालनमा आएको हो।

लगानी सम्मेलन स्थगित, मेला महोत्सव नगर्न निर्देशन

प्रदेश नं ५ सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमणको सर्तकताका लागि बैशाख ४ र ५ मा गर्ने भनिएको लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।

पाँच करोड लगानीमा ‘रेष्टुराँ’

काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ।

रोल्पा लगानी सम्मेलन सम्पन्न

‘समृद्ध रोल्पाका लागि दीगो आम्दानी ः बिद्युत, कृर्षी पर्यटन र खानीमा लगानी’ भन्ने नाराका साथ १० बुँदे घोषणा पत्र जारी गर्दै ‘रोल्पा लगानी सम्मेलन २०७६’ सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म चलेको थियो।

मनकारी वडाध्यक्ष, सेवा–सुविधावापतको रकम बालबालिकाको शिक्षामा लगानी

वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले आफूले पाएको सरकारी सेवा–सुविधावापतको रकम गरिव, जेहन्दार तथा आश्रित बालवालिकाको शिक्षामा लगानी गरेका छन्।

लगानी अभावमा सात वर्षदेखि अलपत्र

सिन्धुलीमा निर्माणधीन फलफूल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्षअघि निर्माण सुरु भएको उक्त उद्योग लगानी अभावमा अलपत्र परेको छ। कमलामाई नगरपालिका–४ मा निर्माणाधीन उक्त उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

लगानी अभावमा सात वर्षदेखि अलपत्र फलफुल प्रशोधन उद्योग

सिन्धुलीमा निर्माणाधिन रहेको फलफुल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्ष अगाडिबाट निर्माण सुरु भएको फलफुल प्रशोधन उद्योग लगानीको अभावमा अलपत्र परेको हो। यहाँको कमलामाई नगरपालिका–४ मा निर्माणाधिन फलफुल प्रशोधन उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन्।

भन्सार राजस्व लक्ष्यभन्दा ३२ प्रतिशत कम

राजस्व असुलीको भारको हिसाबले मुलुकको प्रमुख भन्सार रहेको वीरगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको छैन।

बैंक चल्दा कारोबार रकम साढे दुई अर्बमाथि

सेयर बजार सूचक नेप्से निरन्तर बढिरहे पनि खासै भाउ बढ्न नसकेको बैंकिङ समूहका कम्पनीमा लगानीकर्ता आकर्षित भएसँगै सोमबार साढे दुई अर्बमाथिको कारोबार भएको छ।

नेपालमा लगानी गर्न युएईका उद्योग मन्त्रीलाई आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले नेपालमा लगानी गर्न युएईका ऊर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अललाई आग्रह गरेका छन्।

सेतो सुनको कालो कथा

भट्टेडाँडाका किसान ऊर्जामा लगानी गरेकामा अझै पछुतो मान्दै छन्। गुरूप्रसाद गौतम खानीखोलामा लगानी गर्न बैंकबाट लिएको ऋणको ब्याज तिर्दा–तिर्दा हैरान छन्। खानीखोलाबाट पाठ सिकेको सुनाउँदै उनी भन्छन्, ‘अबदेखि हामी खोलामा पैसा फाल्दैनौं।’

कालो धन रोक्न नयाँ व्यवस्था, लगानीको स्रोतसम्बन्धी विवरण खुलाउनुपर्ने

शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरुपमा लागू गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्