६ आश्विन २०८१ आइतबार
image/svg+xml

यस्तो छ अवस्था र ब्यवसायीकाे माग

विश्वका अन्य मुलुकमा ५० वर्षपहिले नै लागू भएको अवधारणा विशेष आर्थिक क्षेत्र (सेज) नेपालमा बल्ल सुरु हुँदैछ। तैपनि यसलाई सेजकै अवधारणामा अगाडि बढाउन नसकेको गुनासो यहाँका लगानीकर्ताको छ।

हवाई पूर्वाधारमा झण्डै पाँच खर्ब खर्चिर्दै सरकार

सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डैपाँच खर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै ९० अर्ब रुपैयाँ खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ।

‘चाहियो पनि भन्ने नियन्त्रण पनि गर्ने ? यस्तो व्यवहारले वैदेशिक लगानी आउँदैन’

सन् १९९५ मा सिए उत्तीर्ण गरिसकेपछि अनलराज भट्टराईका लागि अनेक अवसर थिए । तिनै अवसर समाउने क्रममा उनी बैंकिङ क्षेत्रमा लागे । विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गर्दै जाँदा उनले सानिमा बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी पनि सम्हाले । समग्र अर्थतन्त्र सुधारका लागि केही गरौं भन्ने सोच बोकेका उनका लागि प्रमुख कार्यकारी अधिकृत लामो समयसम्म भने आकर्षक बन्न सकेन ।

सम्मेलन अन्योलले भित्रिएन लगानी

पुसमा लगानी सम्मेलन गर्न नसकिए पनि वैशाखसम्म गर्न सकिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले जानकारी दिए। लगानी सम्मेलनका लागि केही प्रयास भए पनि पर्याप्त भने नभएको सांसद गोपाल शर्माले जनाए।

प्रदेश पाँच लगानीको गन्तव्य

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानुनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन्।

विदेशी कम्पनीलाई साढे पाँच अर्ब लैजान स्वीकृति

नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन्।

सबैले रकम जम्मा गर्न पाउने

स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत कट्टी गरी जम्मा गर्न पाउने भएका छन्।

सम्मेलनमार्फत एक खर्ब लगानी भित्र्याउने लक्ष्य

प्रदेश ५ मा निजी क्षेत्रको लगानी भित्र्याउने उद्देश्यले आगामी वर्ष लगानी सम्मेलन हुने भएको छ। प्रदेश सरकारले निजी, सहकारी र सरकारी तीनै क्षेत्रको लगानीमार्फत प्रदेश समृद्ध बनाउने लक्ष्यसहित आगामी वर्ष वैशाखको पहिलो साता लगानी सम्मेलन गर्ने तयारी गरेको हो।

नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह गरेका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोष नाफा कमाउने उद्देश्य राखे पनि बैंकहरु जस्तो नाफामुखी संस्था नभएकाले यसको पूँजी कम भए पनि फरक नपर्ने बताए।

रेलमा लगानी नेपालको मात्रै

नेपालमा रेल सञ्चालन गर्दा विदेशी लगानी भित्र्याउन नपाउने भन्दै रेल विधेयकमा संशोधन परेको छ। सहमतिका आधारमा नेपालमा विदेशी रेल चलाउन पाउने र नेपालको रेल विदेशमा पनि चलाउने व्यवस्था विधेयकमा छ।

प्रदेश ५ मा लगानी गर्न आउनुस्, सरकार जिम्मा लिन्छ: मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक अर्वभन्दा बढी लगानी गर्न निजी क्षेत्र तयार भए पूर्वाधारको जिम्मा सरकारले लिने बताएका छन्।

लगानीको वातावरण अझै बनेन : उपाध्यक्ष गोल्छा

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला मंगलबार सकिएको छ। मेलाको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिए पनि लगानीको वातावरण बन्न नसकेको बताए। मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको मनोबल बढाएर लगानी आकर्षण गर्न सरकारलाई उनले सुझाव दिए।

१४ परियोजनामा १२ खर्ब लगानी प्रस्ताव

अघिल्लो वर्ष चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा प्रस्तृत गरिएका परियोजनामध्ये १४ वटामा ११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गर्न प्रस्ताव तयार पारिएको छ।

कृषिमा लगानी बालुवामा पानी

हाल रहेको डरलाग्दो व्यापार घाटा सुधार्न, रोजगारीका अवसर सुनिश्चत गर्न र राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढाउन कृषिलाई आत्मसात् गर्नुको विकल्प छैन।

पर्यटकीय क्षेत्रमा २९ अर्ब लगानी बढ्यो

मुलुकका बैंक तथा वित्तीय संस्थाले पर्यटकीय क्षेत्रमा कर्जा लगानी बढाएका छन्। चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्मको अवधिमा पर्यटकीय क्षेत्रमा करिब एक खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्