५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘कनेक्टिभिटीमा लगानी भयो'

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको छ भने लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएको छ ।

‘लाभांश र सेवाको भुक्तानी भारत पठाउने प्रक्रिया झन्झटिला’

भारतीय लगानीकर्ताले नेपालबाट लाभांश लैजाने र सेवासँग सम्बन्धित भुक्तानी भारत पठाउने प्रक्रिया निकै झन्झटिलो रहेको नेपाल–भारत उद्योग वाणिज्य संघले आयोजना गरेको वेबिनारका एकजना सहभागीले बताएका छन्।

लगानी बोर्डका भट्टको नियुक्ति रोक्न अल्पकालीन आदेश

उच्च अदालत पाटनले सरकारले लगानी बोर्डको कार्यकारी प्रमुखमा सुशील भट्टलाई गरेको नियुक्ति निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

लगानी बोर्डमा भट्टको नियुक्ति बदर माग गर्दै रिट

सरकारले लगानी बोर्डको कार्यकारी प्रमुख सुशील भट्ट नियुक्तिको निर्णय बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । सरकारले भट्टलाई नियुक्ति गर्नु कानुनविपरीत भएको भन्दै सोमबार निर्णय बदरको मागसहित रिट निवेदन दर्ता भएको हो ।

११ अर्ब विदेश लैजान स्वीकृति

यहाँका उद्योगीले लगानीका आधारमा अपेक्षित प्रतिफल नपाएको बताइरहेका बेला नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले राम्रो मुनाफा लगेका छन् । आर्थिक वर्ष ०७६/७७ मा विदेशी लगानीकर्ताले करिब ११ अर्ब रूपैयाँ लैजान स्वीकृत लिएका छन् ।

लगानीलाई रातो कार्पेट

यहीबेला मुलुकमा भित्रने प्रत्यक्ष वैदेशिक लगानीमा भने सुधारको संकेत देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यस्तो लगानीको प्रतिबद्धता १३ अर्ब ३९ करोड रुपियाँले बढेको हो। प्रतिशतमा हेर्दा प्रतिबद्धता ५२ प्रतिशतले बढेको छ।

वैदेशिक लगानी ५२ प्रतिशत बढ्यो

कोभिड–१९ को कारणले मुलुक करिब चार महिना लकडाउनमा गए पनि प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ५२ प्रतिशतले बढेको छ।

न्यून लगानीमा थेगिएको खेलकुद

थोरै खेलले मात्र सम्बन्धित अन्तर्राष्ट्रिय महासंघबाट ग्रासरुट र खेल विकासका लागि बजेट पाउने गर्छन् र पाएकाले पनि सही सदुपयोग गर्न सकेका छैनन्।

कृषिमा बैंकको लगानी बढ्ने

व्यावसायिक फलफूल खेतीका लागि लिएको कर्जा पहिलो वर्ष ०.२ प्रतिशत र दोस्रो वर्ष ०.६ प्रतिशतमात्र कर्जा नोक्सानी व्यवस्था गरे पुग्नेछ।

ऊर्जामा अनिवार्य १० प्रतिशत लगानी गर्नैपर्ने

बैंक तथा वित्तीय संस्थाले विसं २०८१ असार मसान्तसम्म कूल कर्जा लगानीको १० प्रतिशत अनिवार्य रुपमा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ ।

पर्यटक सवारीको अर्बौ लगानी के गर्ने ?

पोखराको यात्री बस प्रालिले पछिल्लो डेढ वर्ष अवधिमा सुविधा सम्पन्न पाँचवटा सवारी भित्र्याउदा तीन करोड रुपैयाँ लगानी गर्‍यो । दुई ठूला आकारका सुविधा सम्पन्न बस त कोरोना भाइरस संक्रमणका कारण आन्तरिक लकडाउन सुरु हुनु केही दिन अघिमात्र भित्र्याइएको थियो ।

को हुन् लगानी बोर्डको सिइओका १२ प्रतिस्पर्धी ?

विगत तीन महिनादेखि रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि सरकारी कर्मचारी, बैंकर्स, चार्टर्ड एकाउन्टेन्ट, पूर्व–प्रशासकले निवेदन दिएका छन्।

लगानी अनुसार प्रतिफल आएन

सरकारले हरेक वर्ष लगानी बढाउँदै लगे पनि सरकारी स्वामित्वका संस्थानले प्रतिफल दिन सकेका छैनन् । सरकारले लगानी गरेका ४१ संस्थानमध्ये १३ वटा घाटामा छन् । २६ वटामात्र नाफामा छन् । पाँच संस्थानको कारोबार शून्य छ ।

बैंक तथा वित्तीय संस्थाको डेढ खर्ब जोखिममा

कोभिड–१९ को महामारीका कारण विश्व अर्थतन्त्र ओरालो लागेकाबेला मुलुकका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको जोखिम बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा करिब एक खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेका छन्। उक्त रकम चालु आर्थिक वर्षको चैत मसान्तसम्म हो।

‘केही समय लगानीको स्रोत नखोजौं’

कोभिड–१९ले मुलुकको अर्थतन्त्र थला परेकाले नयाँ लगानी नथपिँदासम्म अर्थतन्त्र माथि उठ्न नसक्ने भएकाले नयाँ लगानीका लागि खुकुलो नीति ल्याउनुपर्ने निजी क्षेत्रले माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्