६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘कनेक्टिभिटीमा लगानी भयो'

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा पर्याप्त लगानी भएकाले अब कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवाला पक्षले बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तकृयामा वक्ताहरूले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।

कोभिड कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्यधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशंका समेत बढेको छ । ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले सहरको तुलनामा गाउँमा कनेक्टिभी र कनेन्ट दुवैको अवस्था दयनीय भएको बताए । सहरमा सेवा छनोटको अवसर छ,  कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको उनले बताए ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको छ भने लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल, र उच्च पहाडी भेकमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेक्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताए ।

धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैं सेवा विस्तार गर्छन् जहाँ अप्ठेरो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । उनले कोषको रकम ग्रामीण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताए । हाल यो कोषको रकम सरकारले चालु खातामा जम्मा गरेको छ । ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको अनुभव छ ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए । डाटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रम ल्याउने तयारी गरेको उनले जानकारी दिए । पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत दिए ।  

उनको कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलब्ध गराएको बताए । उनले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल शिक्षा, स्वाथ्य सामग्री, कोभिडसम्बन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेलाई सिमकार्ड वितरण लगायत काम गरेको बताए ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट ब्यान्डविथ खपत ४० प्रतिशतसम्म वृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताए ।

प्रकाशित: २६ भाद्र २०७७ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App