४५ हजार विद्यार्थीका सारथी
बच्चैदेखि फरक गर्ने सोच थियो उनको। समाजमा पृथक परिचय बनाउन चाहन्थे उनी। अरुले चिनाउने होइन् आफैं चिनिने रहरको आगो थियो उनीभित्र। सिनेमाको हिरो बन्न चाहान्थे। अझ हिरोभन्दा माथि निर्देशक बन्ने सपना थियो उनमा।
बच्चैदेखि फरक गर्ने सोच थियो उनको। समाजमा पृथक परिचय बनाउन चाहन्थे उनी। अरुले चिनाउने होइन् आफैं चिनिने रहरको आगो थियो उनीभित्र। सिनेमाको हिरो बन्न चाहान्थे। अझ हिरोभन्दा माथि निर्देशक बन्ने सपना थियो उनमा।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच शुक्रबार दिउँसो झडप हुँदा ६ जना घाइते भएका छन् ।
२०७१ सालको एसएलसी परीक्षामा ४१ विद्यार्थीमध्ये १० जना विशिष्ट र ३१ जना प्रथम श्रेणीमा उत्तीर्ण भए। ०७२ सालको एसएलसीको नतिजा पनि शतप्रतिशत।
स्ववियु हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने बाटो बन्द गर्ने हो भने भिन्न कुकर्मबाट रकम कुम्ल्याएका ‘डन’हरुले नेताको बोलकबोल बमोजिमको रकम तिरेर उच्च राजनैतिक तहमा पुग्ने सम्भावना रहन्छ।
सन्धिखर्क नगरपालिका– १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको भवन जिर्ण हुँदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ। फरक क्षमता भएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयहरु सुविधा सम्पन्न बनाइनु पर्ने भए पनि नयाँ भवन निर्माणमा कसैको चासो जान सकेको छैन।
सुर्खेत दशरतपुरकी सोनिया बुढा त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कक्षा १२ मा पढ्छिन् । उनको आगामी वैशाख १० गतेवाट परीक्षा सुरु हुँदैछ । ११ कक्षा पास भइसकेकी सोनियालाइ १२ कक्षाको परीक्षाको कुनै प्रवाह छैन ।
अपायक ठाउँमा अन्यायपूर्ण किसिमले परीक्षा केन्द्र कायम गरिएको भन्दै रौतहटका विद्यार्थीहरूले जिल्लाको विभिन्न भागमा राष्ट्रिय परीक्षा बोर्डविरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेका छन् । बोर्डले कक्षा ११ र १२ को परीक्षाको केन्द्र अपायक पर्ने गरी निर्धारण गरी अन्याय गरेको भन्दै बोर्डविरुद्ध गौर, गरुडा र चन्द्रपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।
एसएलसी(एसइइ) दिएर फुर्सदिला बनेका विद्यार्थीहरुलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। उनले परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रशिक्षण दिन लागेको बताए।
फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले कृत्रिम खोलामा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। काठमाण्डौं गोठाटार घर भएका सन्तोष दाहाल गत सेप्टेम्बर १७, २०१५ मा अध्ययनको लागि डेनमार्कको राजधानी कोपनहेगनको नेल्सबर्ग कलेजमा आएका थिए।
राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निशूल्क भनेको छ। तर दुर्गमका विद्यालयमा प्रभावकारी हुन सकेको छैन। विद्यालयले भर्ना, परीक्षा लगायतका शुल्कहरु लिन छोडेका छैनन्।
जापानको टोकियोमा स्कूले विद्यार्थी बसेको एक रिसोर्ट हिम पहिरोले पुरिदा ८ विद्यार्थी बेपत्ता भएका छन् भने थुप्रै घाइते भएका छन् ।
राजनीतिलाई नै आफ्नो लक्ष्य बनाउने सीमित विद्यार्थीका निम्ति विद्यार्थी राजनीति उत्पादक बन्न सक्ला तर समग्रमा मुलुकको शैक्षिक उन्नतिका निम्ति यो प्रत्युत्पादक छ।
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
एसइई (एसएलसी) परिक्षामा खोटाङका ३८३ विद्यार्थी अनुपस्थित भएका छन् । बिहीबारदेखि सुरु भएको एसइई परिक्षामा रेगुलरतर्फ ७८ जना, एक्जाम्टेडतर्फ ४८ जना र आंशिकतर्फ २५७ विद्यार्थी अनुपस्थित भएका हुन् । जिल्ला शिक्षा कार्यालयका अनुसार रेगुलर, एक्जाम्टेड र आंशिकतर्फ कूल ५ हजार २४४ जनाले फर्म भरेकामा झण्डै चार सय विद्यार्थी अनुपस्थित भएका हुन् ।