२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्यार्थी तानातान

घोराही उपमहानगरपालिका–३ क्वाडी प्राविमा गत वर्ष ७० जना विद्यार्थी थिए। यस वर्ष विद्यालयले सो संख्या बढाउने रणनीति लियो। फलतः विद्यार्थी भर्ना अभियानअन्तर्गत शिक्षकहरू गाउँगाउँ पुगेर विद्यार्थी भर्नाका लागि अनुरोधसमेत गरे। तर विद्यार्थी संख्या बढ्न्ुको साटो झनै घट्यो। अहिले सो विद्यालयमा विद्यार्थी संख्या घटेर ५९ पुगेको छ। ‘विद्यार्थी संख्या बढाउन गाउँगाउँमा पुगेर अभिभावकहरूसँग अनुरोध पनि गर्‍यौं,’ प्रधानाध्यापक लक्ष्मीमान चौधरीले भने, ‘अभिभावकहरूले विद्यार्थी पठाइदिने आश्वासन पनि दिए, तर विद्यार्थी बढ्लान भनेको झनै घटे।’

एमबिबिएसका विद्यार्थीसँगै चिकित्सक पनि दुर्व्यसनमा

मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन्। चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ। डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन्।

राई विद्यार्थी संघमा नयाँ नेतृत्व

विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्षमा जितेन राई निर्वाचित भएका छन् । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्न गाउँ–नगर लागौं’ भन्ने नारासहित खोटाङमा आइतबार सम्पन्न नवौं सम्मेलनले ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा शोभित राई र सन्तोष मुक्मिन राई, महासचिवमा रविन राई, सचिवमा प्रवीणा राई र दीपेन राई, कोषाध्यक्षमा देवकुमार बाहिङ राई र सह–कोषाध्यक्षमा प्रभा राई निर्वाचित भएका छन् ।

४ विद्यालयमा मात्र चारजना विद्यार्थी

रुकुम (पूर्व)को सिस्ने गाउ“पालिका–८, धपेस्थित जनसुधार आधारभूत विद्यालयमा चारजना मात्र विद्यार्थी रहेको पाइएको छ। ५ कक्षासम्म रहेको सो विद्यालयमा यस वर्ष दुईवटा कक्षामा मात्र विद्यार्थी भर्ना भएका छन्। विद्यालयको बाल विकास केन्द्रमा तीनजना र कक्षा २ मा एक गरी चालु शैक्षिक सत्रको शुक्रबारसम्म चारजना मात्र विद्यार्थी भर्ना भएको विद्यालयले जानकारी दिएको छ। १, ३, ४ र ५ कक्षामा एकजना पनि विद्यार्थी भर्ना भएका छैनन्।

११ विद्यार्थी संगठनकाे एकै स्वर : शिक्षा बेराेजगार उत्पादन गर्ने लाइसेन्स भयाे'

प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेसलगायत ११ दलका विद्यार्थी संगठनले वर्तमान शिक्षालाई वैज्ञानिक रुपान्तरण गर्न जेठ ११ गते प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया गर्ने बताएको छ।

अपांगता भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा

अपांगताको परिचयपत्र पाएका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न र निःशुल्क प्रमाणपत्र प्राप्त गर्नसक्ने भएका छन्।

राई विद्यार्थीको राष्ट्रिय सम्मेलन सुरु

खोटाङमा किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको नवौं राष्ट्रिय सम्मेलन सुरु भएको छ। सो सम्मेलनको किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले उद्घाटन गरेका हुन्।

किरात विद्यार्थीलाई सहयोग

नवौं राष्ट्रिय महाधिवेशनमा जुटेको किरात राई विद्यार्थी संघ केन्द्रीय समितिलाई नेपाल विद्यार्थी संघ खोटाङले सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेको छ।

विद्यालय बन्द, शिक्षक–विद्यार्थी लेकमा

यतिबेला यार्सागुम्बा संकलनमा व्यस्त देखिन्छिन् काँडा मावि कक्षा–९ मा अध्यरत कल्पना बोहरा। पढाइ होइन, यार्सागुम्बा कति र कसरी संकलन गर्ने भन्ने चिन्ताले सताइरहेको उनी बताउँछिन्।

सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका सरकारबाहिर रहेका दलनिकट ११ विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएका छन्। कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले मंगलबार सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

आन्दोलनले विद्यार्थी परीक्षाबाट वञ्चित

पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम विपरीत डिप्लस ग्रेडका तीन सय ९१ विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाही नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।

सामुदायिक विद्यालयमा भर्ना हुन ‘इन्ट्रान्स’

नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन धौ–धौ परिरहेको छ। तर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविले भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा (इन्ट्रान्स) को सहारा लिनुपरेको छ। शिशु कक्षादेखि कक्षा १० सम्म भर्ना हुन आउने विद्यार्थीको चाप बढी भएपछि ‘इन्ट्रान्स’ लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक अध्यानबहादुर राईले बताए।

विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन आदेश

पोखरा विश्वविद्यालयका ४२ सम्बन्धन प्राप्त कलेजहरूले विश्वविद्यालयको नियमविपरीत भर्ना गरेका कारण परीक्षा दिनबाट वञ्चित विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। विश्वविद्यालय विद्यापरिषद्ले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र स्नातक तह व्यवस्थापन संकायमा भर्ना गर्न निर्देशन दिएविपरीत सम्बन्धन प्राप्त कलेजहरुले ३ सय ९१ विद्यार्थीलाई भर्ना गरेका थिए। ती विद्यार्थी ‘डी प्लस’ ग्रेडका हुन्। विश्वविद्यालयले डी प्लस ग्रेडका विद्यार्थीको परीक्षा रजिष्ट्रेसन फाराम अस्वीकार गरेपछि उनीहरू परीक्षा दिनबाट वञ्चित भएका छन्।

एनसेललाई बहिष्कार आह्वान

गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ। लाभकर तिर्न अटेरी गर्ने एनसेलको विरोधमा उसका सिम प्रयोग नगर्न विभिन्न विद्यार्थी संगठनले आह्वान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्