७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

११ विद्यार्थी संगठनकाे एकै स्वर : शिक्षा बेराेजगार उत्पादन गर्ने लाइसेन्स भयाे'

काठमाडौं - प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेसलगायत ११ दलका विद्यार्थी संगठनले वर्तमान शिक्षालाई वैज्ञानिक रुपान्तरण गर्न जेठ ११ गते प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया गर्ने बताएको छ।

युनियन हाउस अनामनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले भने, ‘नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने लाइसेन्सजस्तो भएको छ, त्यो परम्परा हटाउन प्राविधिक शिक्षालाई ग्रामीण भेगसम्म पु-याउनुपर्छ।'

पर्यटनलाई उद्योगको रुपमा विकाश गर्न सबैले कुरा उठाए पनि त्यतातिर कसैले ध्यान नदिएको भन्दै साँच्चिकै उद्योगको रुपमा विकाश गर्न नेपालमा पर्यटन विश्वविद्यालय स्थापना जोड दिनुपर्ने सहभागी विद्यार्थी नेताहरुले बताएका छन्।

अख्तियर दुरुपयोग अनुसन्धान आयोग निरीह भएको भन्दै त्यसलाई चलायमान बनाउन वर्षौंदेखि भ्रष्टाचारमा लिप्त भएका कर्मचारीहरुलाई अख्तियारमा नराख्न पनि छलफल भएको नेपाल विद्यार्थी संघका आरआर क्याम्पस सचिव अनुराग शाहले जानकारी दिए।

पत्रकार सम्मेलनमामा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौ), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम, राष्ट्रवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो।

प्रकाशित: २७ वैशाख २०७६ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App