२३ आश्विन २०८१ बुधबार
image/svg+xml

युवा / विद्यार्थी संगठनका नेता भन्छन् –'संगठन मृत भयो, हामी बेरोजगार भयौं'

संगठनहरूको एकता नहुँदा नियमित काममा त असर परेको छ नै एक वर्षदेखि संगठनले गर्नुपर्ने काम पनि ठप्प जस्तै छ।

स्थापना दिवसमा अलगअलग कार्यक्रम

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ नेतृत्वबिहीन बनेको तीन महिना भएको छ। पार्टीका शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा नेतृत्वविहीन बनेको संघले शुक्रबार ४९औं स्थापना दिवस मनाएको छ।

नेविसंघ स्वर्ण जयन्ती आज

नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ।

परीक्षा दिन पाउनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्। ती कलेजले ग्रेडिङसम्बन्धी मापदण्ड मिचेर भर्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका थिए। विश्वविद्यालयले व्यवस्थापन संकायका नियमित विद्यार्थीहरूको वैशाख ६ गते (आज) देखि सञ्चालन हुने पुनः परीक्षासँगै आफूहरूको पनि परीक्षा हुनुपर्ने भन्दै पीडित विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे।

भर्ना शुल्क असुल्ने सामुदायिक विद्यालय

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका ६ मग्माका कविराम विक कक्षा ७ मा भर्ना हुनको लागि मंगलबारे सिद्धार्थ जनता माविमा पुगे।

विद्यालयमा मोबाइल प्रतिबन्ध

क्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। सो गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा गत सोमबार बसेको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

विद्यार्थी भर्ना अभियान कति सफल ?

नेपालको खुद भर्नादर ९७.२ प्रतिशत छ। अर्थात् हरेक एक सय जनामा ३ जना बालबालिका स्कुल बाहिर छन्। उनीहरुले पढ्न पाएका छैनन्। स्कुल टेक्नै पाएका छैनन्। यही तथ्याङ्कलाई आधार मानेर शत प्रतिशत विद्यार्थीलाई विद्यालय पठाउने अपेक्षा शिक्षा मन्त्रालयले राखेको छ।

विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको अपिल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गरेका छन्। सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उनले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गरे।

मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

संचार प्रविधिको पहुँचबाट टाढा रहेको ठुलीभेरी नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा मोबाइल टावर निमार्ण गरिन थालिएको छ ।

कर्तव्य भुल्दै शिक्षक संगठन

आफ्नो अधिकारका लागि भन्दै राजनीतिक दलको शुभेच्छुक संस्थाका रूपमा गठित विभिन्न शिक्षक संगठनले कर्तव्य भने भुलेका छन्। सबैभन्दा पछाडि पारिएको शैक्षिक क्षेत्र अस्तव्यस्त हुँदासमेत उनीहरूले विद्यालयबाहिर रहेका विद्यार्थी र पठनपाठनका विषयमा बसेर छलफल समेत गर्ने गरेको पाइँदैन।

विद्यार्थी संगठनले छाडे शैक्षिक मुद्दा, कहिलेसम्म पार्टीको गोटी बन्ने?

प्रत्येक विद्यालयमा आफ्नो संगठन रहेको दाबी गर्ने विद्यार्थी नेतृत्वहरुले हिजोका बर्षहरुमा जस्तै यो बर्ष पनि कति विद्यालयमा कति प्रतिशत कोर्ष पढाई भयो भन्ने जानकारी राखेका छैनन्। आधा कोर्ष मात्र पढेर बार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीको बाध्यतामा उनीहरुको ध्यान गएको छैन्। राजनीतिक परिवर्तनमा अग्र भागमा रहेका विद्यार्थी संगठनहरु आफ्नो बर्गीय मुद्दामा चुकेका छन्।

३ सय बढी विद्यार्थीको भविष्य अन्यौल

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम मिच्दै आफूखुसी भर्ना गरेको तीन सय ९१ पिडित विद्यार्थीको समस्या विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सम्बोधन हुने आसा तुहिएको छ।

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन्। तल्लो डोल्पामापर्ने जगदुल्ला गाँउपालिकाका ९ बिद्यालयका करिब ११ सय बालवालिकाहरु शैक्षिक सत्र सूरु भएको दुई महिनासम्म पनि पाठ्यपुस्तक विनै अध्ययन गर्न बाध्य भएका हुन्।

‘यस्तो लोकतन्त्रले मात्र भारतको सपना साकार हुन्छ’

सन् २०१६ को फेब्रुअरीमा कन्हैया कुमारको नाम भारतमा एकाएक चर्चामा आयो। उनी त्यत्तिबेला जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयु)को विद्यार्थी युनियनका सभापति थिए। उनलाई प्रहरीले गिरफतार गरी राजद्रोहको आरोप लगाएको थियो। कन्हैयाले ‘आजादी’ को माग गर्दै नारा लगाएको प्रमाणित गर्न त्यतिबेला सार्वजनिक गरिएको श्रव्यदृश्य कालान्तरमा नक्कली भएको पुष्टि भयो। त्यो घटना भएको तीन वर्षपछि गएको जनवरी महिनामा प्र्रहरीले उनीविरुद्ध औपचारिक रूपमा मुद्दा दायर ग-यो। तर प्रहरीको उक्त अभियोगपत्रमा धेरै प्रकारका अस्पष्टता छन्। यसबीच कन्हैयाले विद्यावारिधि हासिल गरे। भारतमा हुन लागेको लोकसभा निर्वाचनमा उनले विहारको बेगुसारियाबाट भारतीय कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्।

सुरक्षाकर्मी–विद्यार्थी झडप

एसइई स्थगित गरेको विरोधमा शनिबार बारामा प्रदर्शनमा उत्रेका परीक्षार्थी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा झडप भएको छ। झडपका कारण जितपुर बजार बिहान आठदेखि १२ बजेसम्म तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायरसमेत गरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमबहादुर शाहीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्