२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

४ विद्यालयमा मात्र चारजना विद्यार्थी

रुकुम - रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–८, धपेस्थित जनसुधार आधारभूत विद्यालयमा चारजना मात्र विद्यार्थी रहेको पाइएको छ। ५ कक्षासम्म रहेको सो विद्यालयमा यस वर्ष दुईवटा कक्षामा मात्र विद्यार्थी भर्ना भएका छन्। विद्यालयको बाल विकास केन्द्रमा तीनजना र कक्षा २ मा एक गरी चालु शैक्षिक सत्रको शुक्रबारसम्म चारजना मात्र विद्यार्थी भर्ना भएको विद्यालयले जानकारी दिएको छ। १, ३, ४ र ५ कक्षामा एकजना पनि विद्यार्थी भर्ना भएका छैनन्।

सो विद्यालय वैशाख महिना बित्नलाग्दा समेत खुलेको छैन। विद्यार्थी आउँदैनन् भनेर विद्यालय बन्द नै राख्ने गरेको स्थानीयको भनाइ छ। भर्ना भएका विद्यार्थी पनि दुई घरका बालबालिका भएको र उनीहरूले एक पटक पनि विद्यालयमा पाइला टेकेका छैनन्।

विद्यालयमा अहिले तीनजना शिक्षक तथा कर्मचारी कार्यरत छन्। एकजना बाल विकास सहयोगी, एक जना शिक्षक र एकजना कार्यालय सहयोगी रहेको प्रधानाध्यापक शर्मीला पौडेलले जानकारी दिइन्। आफूहरूले विद्यार्थी भर्नाका लागि गाउँमा विभिन्न अभियान सञ्चालन गरे पनि विद्यार्थी भर्ना नभएको उनले बताइन्। भर्ना भएका विद्यार्थी पनि नआउने भएपछि विद्यालय बिहान खोलेर दिउँसो बन्द गर्ने गरेको उनको भनाइ छ।

विद्यार्थी भर्नालगायत विषयमा छलफल गर्न आयोजना गरिएको अभिभावक भेलामा अभिभावक तथा वडाध्यक्ष नआउँदा आफूहरूलाई थप समस्या भएको उनको गुसानो छ। वडाअध्यक्ष खर्कसिङ थापाले भने विद्यार्थी नै नभएपछि छलफल गर्नु कुनै आवश्यक नभएको बताए। विद्यार्थी नभएपछि विद्यालयलाई निरन्तरता दिन पनि आवश्यक नभएकाले उक्त विद्यालय स्वतः खारेजीमा पर्ने उनको भनाइ छ। उक्त विद्यालयमा भौतिक संरचना भने पर्याप्त रहेका छन्।

 

प्रकाशित: २९ वैशाख २०७६ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App