२५ असार २०८१ मंगलबार
image/svg+xml

लज्जापूर्ण ब्याटिङले फराकिलो हार

ओपनर आसिफ शेखले ४० रन जोड्दा दशौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले २२ रन बटुल्दै इनिङ उकास्ने प्रयास गरे। अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भए।

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्ड न्युजिल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शन यसै साता इडगावास्टनमा भारतविरुद्ध हुने एक मात्र टेस्ट खेलमा समेत कायम राख्न चाहन्छ।

श्रीलंकालाई अस्ट्रेलियाविरुद्धको शृंखला

श्रीलंकाले सन् १९९२ पछि पहिलो पटक अस्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय एकदिवसीय शृंखलाको उपाधि उचाल्न सफल भएको हो।

चोटले कप्तान राहुल टोलीबाट बाहिर

भारतीय ओपनर केएल राहुल चोटका कारण दक्षिण अफ्रिकासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि टोलीबाट बाहिरिएका छन्।

टी–२० मा नेपालको रोमाञ्चक जित

करणले नै दोस्रो ओभरमा ओपनर टोनी उरालाई ५ रनमा पवेलियन फर्काउँदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। छिट्टै विकेट गुमाए पनि पिएनजीका ब्याट्सम्यानले ठूलो सट खेल्दै नेपाली बलरलाई दबाबमा राख्ने प्रयास गरे। तर, सोमपाल कामी, अविनाश बोहोरा र कप्तान सन्दीपले शीर्ष क्रमका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन् र पिएनजी १४औं ओभरमा १०७/७ को नाजुक अवस्था पुग्यो। सन्दीपले कप्तान असाद भालालाई ७ रन र सेसे बाउलाई ३० रनमा पवेलियन फर्काए।

आर्थिक स्वतन्त्रताविरुद्ध राजनीतिक स्वतन्त्रता

विश्वको आपूर्ति शृंखलाले फेरि धक्का खाएको छ। युक्रेनमाथि रुसले गरेको आक्रमणपछि सन् १९७३ यताको सबैभन्दा ठूलो व्यापारिक बस्तु (कमोडिटी) आपूर्तिमा झट्का लागेको छ भने गहुँको आपूर्तिमा शताब्दीकै सबैभन्दा ठूलो अवरोध सिर्जना भएको छ।

नेपालको फराकिलो जित

ओपनर कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकीय प्रेरणामा नेपालले पपुवा न्युगिनी (पिएनजी) सँगको एकदिवसीय क्रिकेटमा मंगलबार सात विकेटको फराकिलो जित निकाल्दै त्रिकोणात्मक शृंखलामा सुखद अन्त्य गरेको छ।

राजनीतिक हस्तक्षेपले प्रहरी संगठन थिलथिलो

प्रहरीमा नेतृत्व परिवर्तनका बेला राजनीतिक हस्तक्षेप उत्कर्षमा पुग्छ। नेतृत्वमा पुग्न प्रहरी अधिकारी नेताका घरघरमा पुग्ने प्रवृत्तिले पनि राजनीतिक हस्तक्षेप निम्त्याउने गरेको छ। राजनीतिक चलखेल र हस्तक्षेपले प्रहरी संगठनकै छवि धुमिल हुँदैछ।

शृंखलाबद्ध हत्यारा गुल्जार ९ वर्षपछि पक्राउ

सप्तरी प्रहरीका सर्वाधिक खोजी सूचीमा रहेका गुल्जारलाई सिरहाको महेशबारी टोलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

यामाहाको एमटी १५ बाइक सार्वजनिक

यामाहाले एमटी नेकेड बाइक सिरिज शृंखलाको एमटी १५ नेपालमा सार्वजनिक भएको छ। मास्टर अफ टर्कको विरासत सन् २००५ मा एम टी–०१ बाट सुरु भएको थियो।

त्रिकोणात्मक शृंखलाको तयारी सुरु

स्कटल्यान्ड, नामिबिया र नेपालबीच स्पेनमा तय भएको क्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ।

एकदिवसीय खेल: बंगलादेशलाई शृंखला

मुसफिकर रहिमको विस्फोटक ब्याटिङ मद्दतमा मंगलबार भ्रमणकारी टोली श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा बंगलादेशले १ सय ३ रनको सानदार जित निकालेको छ।

त्रिकोणात्मक ट्वान्टी–२० शृंखला नेपाललाई उपाधि

शृंखलामा उत्कृष्ट ब्याटिङ प्रदर्शनलाई फाइनलसम्म निरन्तरता दिएको नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्यान्डमाथि १ सय ४२ रनको विशाल अन्तरको जित निकाल्दै सन् २०१० पछि पहिलोपटक घरेलु भूमिमा उपाधि उचाल्यो।

न्युजिल्यान्डद्वारा शृंखला क्लिन स्विप

बिहीबार वर्षाले प्रभावित तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ६५ रनले हराउँदै ३–० ले शृंखला आफ्नो पक्षमा पारेको हो। वर्षाका कारण खेल १० ओभरमा घटाइएको थियो।

एकदिवसीय खेल: न्युजिल्यान्डलाई शृंखला

घरेलु टोली न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ। कप्तान टम लाथमको अविजित १ सय १० रनको प्रेरणाबाट न्युजिल्यान्डले दोस्रो एकदिवसीय खेलमा जित निकाल्दै शृंखला आफ्नो बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्