१९ आश्विन २०८१ शनिबार
image/svg+xml

डढेलो, प्रदूषण र भुइँ मान्छेका सरकार

राजनीतिको नाममा हुने व्यापारीकरण, लोकतन्त्र र समाजवादको आवरणमा देखिने एउटा नाङ्गो सत्य हो। यो बाटो नबदलिएसम्म देशको वातावरण पर्यावरण र राजनीति कहिल्यै संग्लिदैन।

वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्‍न सरकारको ध्यानाकर्षण

बिहीबार राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको हो।

पानी पर्दा वायु प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणहरूलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो। बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवालोका कारण गत शुक्रबार वायुमण्डलको पारदर्शिता (भिजिविलिटी) को मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर ७ किलोमिटर पुगेको छ।

वनमा डढेलो कसले लगाउँछ ?

मुलुकका धेरै वन क्षेत्रमा आगलागी भईरहेको तथ्यांक सार्वजनिक भईरहेका छन् । वायु प्रदूषण बढाउनुमा वन डढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताईरहेका पनि छन् । तर, वनमा डढेलो लगाउने व्यक्ति हत्तपत्ति पत्ता लाग्दैन । जसले गर्दा आगजनी गर्ने व्यक्तिको मनोवल बढ्ने गरेको छ ।

बुधबार प्रदूषणमा सामान्य सुधार

बुधवार राति काठमाडौंमा परेको पानीका कारण प्रदुषणको तह घटेको छ। काठमाडौंको वायु अत्यन्तै अस्वस्थ्यकर रहेकोमा डढेलोमा नियन्त्रण र वर्षात्का कारण सुधार भएको हो।

वायु प्रदूषण: पोखराका विद्यालय कतै खुला, कतै बन्द

‘सरकारले सबैतिर वायु प्रदूषण बढेको भन्दै देशैभरका विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय त गर्‍यो, तर, त्यो अवस्था सबैतिर थिएन र अहिले पनि छैन,’ आचार्यले भने, ‘हामीले भने भिमादभित्र उत्तिसारो प्रदूषण नरहेकोले विद्यालय खुलै राख्ने निर्णय गर्‍यौं।’

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ। नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो।

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँचदिनदेखि विच्छेद

वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरुपमा टुटेको छ । गत शुक्रबार अबेरपछि पोखरा–काठमाडौंका उडान रोकिन थालेका थिए । शनिबारदेखि बुधबारसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ ।

वायु प्रदूषणको त्रासः विद्यालय कतै खुला, कतै बन्द

वायु प्रदूषण बढेको भन्दै सरकारले तीनदिन अघि देशभरका शिक्षणसंस्था चारदिनसम्मका लागि बन्द गर्ने घोषणा ग¥यो । सरकारी निर्णय मान्दै धेरैतिरका विद्यालयले थप सूचना निकालेर शैक्षिक संस्था बन्दको जानकारी पनि दिए । तर, कतिपय स्थानीयतहले भने संघीय सरकारले भनेजस्तो प्रदूषण सबैतिर नरहेको भन्दै शिक्षण संस्था खुलै राख्ने निर्णय गरे ।

कर्णालीका तीन स्थानीय तहका विद्यालय खुला

वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन्। सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै राखेर पठनपाठन गर्ने निर्णय गरेका छन्। वायु प्रदूषण बढेकाले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले विद्यालय सञ्चालन गरेका हुन्।

वायु प्रदूषणले बच्चा र वृद्धवृद्धा जोखिममाः डा दिपेश कार्की (अन्तर्वार्ता)

वायु प्रदूषणले गर्दा पर्यटकीय सहर पोखरा पछिल्लो केहीदिनदेखि धुम्म छ । बाक्लो तुवाँलोले आसपासका डाँडाकाँडा ड्याम्मै छेकिएका छन् । प्रदूषणकै कारण स्वास्थ्यमा असर पर्न थालेको गुनासो पोखरेलीको छ । चिकित्सकहरुले पनि वायु प्रदूषणले मानव स्वास्थ्यमा हानी गर्ने बताईरहेका छन् ।

बिहान र राति प्राणघातक प्रदूषण

विभागले विहान र बेलुका झनै सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । विहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातवारणविद्हरूले सल्लाह दिएका छन्। विभागका अनुसार शनिबारको तुलनमा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ।

तीन दिनदेखि पोखरा धुम्म

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार आइतबार मध्याह्न पोखराको वायुको गुणस्तर शनिबारकै जति थियो। वायु गुणस्तर सूचकांक स्वास्थ्यका दृष्टिले हानिकारक रहेको उनले बताए। उनका अनुसार पोखरालाई बाक्लो तुवाँलोले ढाकेको छ। तुवाँलोमा धुलो र धुवाँको मिश्रण हुन्छ। जसका कारण भिजिबिलिटी पनि घटेको उनले बताए।

अझै घटेन पोखरामा वायु प्रदूषण (तस्बिरसहित)

पोखराको वायुको प्रदूषण आइतबार पनि घटेको छैन । धुवा/ र तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । भिजिविलिटी पनि घटेको छ । पोखरा दिउँसै अध्यारो देखिएको छ ।

वायु प्रदूषणको जोखिम

सरकार प्रदूषण घटाउने सवालमा आफैँ अलमलिएको जस्तो देखिन्छ। न प्रदूषण न्यूनीकरणका लागि कार्यक्रमहरू नै ल्याएको छ न त विगतमा ल्याएका कतिपय योजनाकै कार्यान्वयन गरेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्