२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आठौं राष्ट्रिय खेलकुद अझै अन्योलमा

पाँच नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिँदा अन्योलता छाएको छ। प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण कार्य पूरा नहुँदा मिति तोक्न ढिलाइ भएको हो। प्रतियोगिताको मिति नतोकिँदा अन्योल छाएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन्।

अविरल र सुप्रिया छनोट

नेपालगन्जका पौडीबाज अविरल भण्डारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश–५ बाट छनोट हुन सफल भएका छन्।

फिटनेस मात्र होइन खेलकुद पनि

बितेका सात दशकमा नेपाली राजनीतिमा थुप्रै परिवर्तन भए। राणाकालीन शासन व्यवस्थादेखि पञ्चायत हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेको छ। राजनीतिक परिवर्तनसँगै नेपाली समाजले पनि आफूलाई परिमार्जन गर्दै लगेको छ।

दुई कराते महासंघ एक

दुई कराते महासंघ एक भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरिएको हो।

आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित

प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित भएको छ। सो सम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ : सदस्य सचिव विष्ट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुने बताएका छन्। राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रममा शुक्रबार सदस्य सचिव विष्टले उक्त कुरा बताएका हुन्।

मिति तोक्न अझै अलमल

बिहीबार बसेको आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोटको मिति र स्थान तय गरेको छ। यद्यपि आठौं राष्ट्रिय खेलकुदको मिति भने तोक्न सकेन। जसका कारण प्रतियोगिता अनिश्चित भएको छ।

प्रदेशस्तरीय छनोट मिति बुधबार तय हुने

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोटको मिति बिहीबार तय हुने भएको छ। बिहीबार हुने आठौं राष्ट्रिय खेलकुदको कार्यसमिति बैठकले सातै प्रदेशको छनोट मिति र स्थान तय गर्न लागेको हो। सोही बैठकले पाँच नम्बर प्रदेशमा हुने आठौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड समक्ष सिफारिस गर्नेछ।

हिटिङ पौडी पोखरीले बाह्रै महिना प्रशिक्षण

जाडोको महिनामा यसै पनि बिहानबेलुका खेलाडीको प्रशिक्षण कमै हुन्छ। त्यसमा पनि स्विमिङको प्रशिक्षण कम हुनु स्वाभाविक नै हो। पछिल्ला वर्षमा जाडो महिनामा स्विमिङका खेलाडी प्रशिक्षण बन्द गर्न बाध्य नै थिए।

पोखरा रंगशाला निर्माणका लागि सम्झौता

लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ। भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो।

राखेपका दुई नेतृत्वको फरक भनाइ

आठौं राष्ट्रिय खेलकुद आयोजना मिति अन्योल परिरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनाले फागुनमा प्रतियोगिता गर्न नसकिने बताएका छन्। पूर्वाधार निर्माण गति र पर्याप्त तयारी नपुगेकाले आठाैं राष्ट्रिय खेलकुद फागुनमा गर्न सक्ने अवस्था नभएको उनले बताए।

जिल्ला कोटा अनुमोदन

आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बुधबार बसेको तेस्रो बैठकले जिल्ला छनोट तथा खेल सामग्रीका लागि जिल्लालाई निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ।

फेरि सर्दै आठौं राष्ट्रिय खेलकुद मिति

मिति घोषणा गरेर राष्ट्रिय खेलकुद सार्नु नेपाली खेलइतिहासका लागि नयाँ होइन। पछिल्ला तीन राष्ट्रिय खेलकुद पूर्वनिर्धारित समयमा हुन सकेका थिएनन्। समयमा हुन नसक्नुलाई खेलकुद पदाधिकारीले विभिन्न बहाना बनाउने गरेका छन्।

अन्तर्राष्ट्रिय जुडो शुक्रबारदेखि

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

१३ औं साग लक्षित विशेष प्रशिक्षण सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्