१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय जुडो शुक्रबारदेखि

काठमाडाैं - नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा नेपाल, जापान र भुटानका २ सय ९६ खेलाडीको सहभागिता रहने आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पुरुष/महिलातर्फ समान १०/१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

सोही अवसरमा पारा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दोश्रो राष्ट्रिय पारा जुडो प्रतियोगिता बिहीबार हुने जानकारी दिइएकाे छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। बिहीबारै राष्ट्रिय जुडो संघको आयोजनामा दोश्रो नेकोस भेट्रान जुडो प्रतियोगिता पनि हुँदैछ। ८ स्पर्धामा ५० प्रतिस्पर्धी सहभागी हुनेछन्। तीनै प्रतियोगितका खेलहरु खुशिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा हुनेछ।

प्रकाशित: ४ पुस २०७५ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App