१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित

एनआरएन खेलाडी सहभागिताको सम्झौता पत्रमा हस्ताक्षरपछि सदस्य सचिव केशवकुमार विष्ट(बायाँ) र अध्यक्ष भवन भट्ट।

काठमाडौं - प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित भएको छ। सो सम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

एनआरएनएको आधिकारिक प्रतिनिधिको सिफारिसमा मात्र एनआरएन खेलाडीले सहभागिता जनाउन पाउने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाए। सुविधाको हकमा नेपालमा रहँदा प्रतियोगिता अवधिभर अन्य खेलाडीलाई दिने सुविधासरह एनआरएन खेलाडीलाई उपलब्ध गराइने छ। सम्बन्धित देशबाट आउने–जाने खर्च राखेपले व्यहोर्ने छैन।

बृहत् राष्ट्रिय खेलकुदको इतिहासमा एनआरएन खेलाडी पहिलो पटक सहभागी हुन लाग्दै छन्। एनआरएन खेलाडीले व्यक्तिगत स्पर्धामा मात्र सहभागिता जनाउन पाउने छन्।

 

प्रकाशित: १ फाल्गुन २०७५ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App