१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

विपद् अपडेट: दुई सय ४२ को मृत्यु, २२ बेपत्ता

पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ।

बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन्। हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ। विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८१ २१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App