१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग : काठमाडौले गण्डकीलाई हरायो

एभरेष्ट महिला भलिबल लिगको तेस्रो दिनको दोसो खेलमा काठमाडौ स्पाईकरले गण्डकी थन्डर्सलाई पराजित गरेको छ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा  बुधबार सम्पन्न खेलमा  काठमाडौ स्पाईकरले गण्डकी थन्डर्सलाई ३ -१ को  सेटबाट हराएको हो ।

काठमाडौले गण्डकीलाई २५-२३ ,१९-२५  २५-२१ र २५- १६ अंकले  हराएको हो ।३ खेलमा काठमाडौको यो दोस्रो जित हो भने गण्डकीले तीनै खेल हारेको छ ।

यस अघि बुधबार भएको पहिलो खेलमा  खेलमा कर्णाली एसभिएसले बलियो प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा हराएको छ ।

कर्णालीको  एसभिएसले  ३ खेलबाट ८ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ ।  सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ । प्रतियोगिताको फाइनल खेल असोज १९ गते हुनेछ ।

प्रकाशित: १६ आश्विन २०८१ २१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App