२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बास्केटबल लिग हुने

नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनबिएल) हुने भएको छ।

प्रचार प्रमुखमा दुलाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत प्रचारप्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ। २०७६ साल साउन १४ गतेको सदस्यसचिवस्तरीय निर्णयअनुसार दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो।

धरानमा बास्केटबल क्रेज बढ्दो

राष्ट्रिय खेलकुद परिषद्ले धरान १६ स्थित रंगशालामा मिनी कभर्ड हल बनाएको थियो। जसमा तेक्वान्दो, कराते, उसु खेल मात्र प्रशिक्षण गराउन मिल्थ्यो। गत आर्थिक वर्ष २०७५÷७६ मा धरान नगर खेलकुद विकास समितिले थप २० लाख लगानी गरेर सुविधासम्पन्न बास्केटबल कोर्टसमेत बनायो।

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

खेलकुद क्षेत्रमा महत्व योगदान पुर्याउने दुई पत्रकारसहित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधबार पत्रकार कान्तिपुर टेलिभिजनका प्रदिप लेखी र राजधानी दैनिकका रामशुधन तिमल्सिनालाई सम्मान गरेको हो । सिहंदरबारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार लेखी र तिमल्सिनासहित ५० जनालाई नगदसहित सम्मान गरे।

समृद्धिका खेल विकास अनिवार्य सर्तः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न चाहेको बताएका छन्।

शारीरिक सुगठन टोली चीन जाने

नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ।

सूचना लुकाउँछन खेलकुद कर्मचारी

क्षेत्रीय खेलकुद विकास समितिका कर्मचारीले आठौं राष्ट्रिय खेलकुदबारे सूचना लुकाउन खोजेको आरोप लागेको छ । गत वैशाखमा प्रदेश– ५ मा भएको आठांै राष्ट्रिय खेलकुदबारे नेपालगन्जका नागरिकले सूचना मागेका थिए । नमस्कार शाह, हेमराज भट्ट, मन भण्डारी र शम्भुप्रसाद चौधरीले जेठ २१ गते विभिन्न शीर्षकमा चारवटा सूचना मागेका थिए । सूचना मागेअनुसार क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ ले सूचना नदिएको हेमराज भट्टले नागरिकसँग बताए ।

सागकाे तयारीका लागि काम थालियाे

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि काम थालनी भएको बताएका छन्। नेपाली खेलाडीहरूको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राखेपका नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाललाई स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएको दिन सिलवालले यस्तो बताएका हुन्।

जुम्ला–रारा म्याराथनको ‘प्रमोसनल रेस’ सुरु

आगामी भदौ २९ गते हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको ‘प्रमोसनल रेस’ आजबाट सुरु भएको छ। कर्णाली खेलकुद पर्यटनका हिसाबले सम्पन्न भएको प्रमाणित गर्न प्रमोसनल रेस सुरु गरिएको हो।

‘पूर्वाधार तयार नभए साग हुँदैन’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कात्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले शुक्रबार निर्माणाधीन प्यारापिटसहितको फुटबल मैदान निरीक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कात्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए।

सदस्यसचिव भण्डारीद्वारा पदभार ग्रहण

नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवको रुपमा सूर्य भण्डारी नियुक्त भएका छन्। ३ नम्बर प्रदेश सरकारले भण्डारीलाई प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो।

'खेलकुदको विकास र समृद्धिलाई प्राथमिकतामा'

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले मन्त्रालय अन्र्तगत प्रस्तावित बजेटले खेल क्षेत्रको विविध चुनौतिको सामना गरि खेलकुदको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए।

फुटबलमा नन्दबक्स विजयी

सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’ अन्तर्गत बुधबार भएको फुटबलतर्फ जुम्लाको नन्दबक्स गण विजयी भएको छ ।

‘क्यानको निलम्बन अर्काे महिना फुकुवा हुने’

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्