२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समृद्ध देश बनाउन खेलकुद अपरिहार्यः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई सभ्य, समृद्ध, सुसंस्कृत र विकसित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। शनिबार गाईघाटमा सम्पन्न ‘छैठौं रमपम उदयपुर गोल्डकप प्रतियोगिता ०७६’ को समापन गर्दै मुख्यमन्त्री राईले खेलकुदको माध्यमबाट अनुशासित, गतिशील, इमान्दार र स्वस्थ नागरिकको निर्माण हुने भन्दै देशअघि बढाउन त्यस्ता सक्षम र इमान्दार जमातको खाँचो रहेको बताए।

सागको पूर्वाधार तयारी गर्न बजेट

डिसेम्बर १ देखि १० तारिखसम्म पोखरामा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल खेलाइनेछ । कुनकुन खेल भन्ने ठोस निर्णय भइसकेको छैन । आर्चरी, महिला फुटबल तथा केही इन्डोर गेम पोखरामा सञ्चालन हुने सम्भावना प्रबल छ ।

स्विमिङ पुल बनाउन साढे दुई करोड

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेश खेलकुद परिषद्को पाएको छ। त्यसभन्दा अघि पोखरामै सागका केही खेल समापन गरिनेछ। सागका लागि पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेशले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्विमिङ पुल (पौडी पोखरी) निर्माणलाई प्राथमिकतामा राखेको छ। सरकारले पनि पौडी पोखरी निर्माणका लागि रातो किताबमै उल्लेख गरी बजेट छुट्ट्याएको छ। रातो किताबमा उल्लेख भएअनुसार पोखरामा पौडी पोखरी निर्माणका लागि साढे दुई करोड रुपैयाँ छुट्ट्याइएको छ।

खेलमैत्री छैन खेलकुद विधेयक

देशका हरेक क्षेत्रमा संघीय संरचना लागू भइरहँदासम्म पनि नेपाली खेलकुदमा प्रभावकारी प्रभाव पर्न सकिरहेको छैन।

भलिबल एकेडेमीको उपभोक्ता समितिमा आफन्तको रजाई

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले आफ्नो दाई धनिरामलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समिति बनाएर काम गरेका छन्। त्यस्तै ओलीले आफ्ना भाई मुम बहादुर ओलीलाई आफ्नो गाउँको विद्यालयमा रकम खर्च गर्दा उपभोक्ता समिति अध्यक्ष बनाएको तथ्य खुलेको छ।

भ्रष्टाचारीलाई खेलकुद परिषदमा पुनर्वहाली गरेकोमा मन्त्रीको असन्तुष्टि

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्वहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री विश्वकर्माले गम्भीर गल्ती गरेकाहरुलाई परिषदबाट हटाए पनि अदालतको आदेशबाट पुनर्वहाली हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

पल्सर स्पोर्टस् अवार्ड– सहप्रायोजक संस्थासँग सम्झौता

पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले आज २ सहप्रायोजक संस्थासँग सम्झौता गरेको छ। मञ्चले एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण तथा केल्मी नेपालसँग सम्झौता गरेको हो।

अवार्डको तयारी अन्तिम चरणमा

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका अन्र्तराष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्दै छ। वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन्।

आफ्नो हात जगन्नाथ

२४ योजनामध्ये क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले चार वर्षे कार्यकालमा आफ्नो गृह जिल्ला बाँकेमा २३ वटा योजनामा रकम छुट्याए। बाँकेमा खर्च भएका २३ योजनामध्ये ओलीले आफ्नो गाउँवरपर मात्रै १३ योजनाका लागि रकम खर्च गरेको तथ्य खुलेको छ।

खेलकुदको बजेट कति प्रभावकारी ?

आर्थिक वर्ष २०७६/७७ को बजेटमा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन भएको छ। त्यसो त, यो आर्थिक वर्षमा खेलकुद क्षेत्रमा १३ औं दक्षिण एसियाली खेलकुद, खेल पूर्वाधार निर्माण लगायतका महत्वपूर्ण काम बाकीँ रहेका छन्।

सरकारको प्रस्तावप्रति सांसदहरुकै आपत्ति

राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन्।

खेलकुद विकासका लागि करिब ४ अर्ब

बुधबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को बजेटअन्तर्गत सरकारले खेलकुद विकासका लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।

खेलकुदको कुल बजेट ३ अर्ब ९९ करोड, मूलपानी क्रिकेट मैदानका लागि १० करोड

काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १/१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १/१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ।

सागको तयारीका लागि विशेष प्रशिक्षण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ।

अझै अलमलमा साग पूर्वाधार

साग खेलकुदका लागि समय ६ महिना बाँकी छ। समय घर्किंदै गए पनि पूर्वाधार तयारी अवस्थामा छैन। बनाउनुपर्ने पूर्वाधार अहिले बजेट अभावले थाती छ। बजेटलाई आधार मान्ने हो भने काम गर्ने समय ४ महिना मात्रै बाँकी हुन्छ। बजेट नभएपछि सागका लागि भनिएको आर्चरी र बहुउद्देश्यीय कभर्ड हल भने मर्मतसम्भार हुन सकेको छैन। असारमा आर्थिक वर्ष सकिन्छ। साउन लागेपछि मात्रै नयाँ बजेट विनियोजन हुन्छ। मंसिरको दोस्रो साता हुने साग गेम्सको लागि पूर्वाधारतर्फ अहिलेदेखि नै ध्यान दिँदै तदारुकता देखाउन जरुरी रहेको खेलकर्मीको बुझाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्