काठमाडाैं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन्।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आज सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेका हुन्। उनले आजनै सपथ ग्रहणसमेत गरेका छन्।
सपथग्रहण पछि सिलवालले सञ्चारकर्मीसँग कुरा गर्दै नजिकिँदै गरेकाे दक्षिण एसियाली खेलकुद (साग) ताेकिएकाे समयमै सम्पन्न गर्ने चुनाैती लिएर आफू नेतृत्वमा आएकाे बताए। खेलकुद क्षेत्रमा जागिर खान नभइ केही गर्न सकिन्छ भनेर प्रवेश गरेकाे उनकाे भनाइ छ।
गत असार ९ गते तत्कालिन सदस्यसचिव केशबकुमार विष्टको चार वर्षे कार्यकाल सकिएपछि राखेप सदस्यसचिव विहीन बनेको थियो ।
प्रकाशित: २३ असार २०७६ १०:४९ सोमबार