१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एसिया रग्बी सेभेन्स ट्रफी खेल्न फिलिपिन्ससँगै तीन राष्ट्र नेपाल आइपुगे

नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतिस्पर्धा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सहभागीता जनाउन अफगानिस्तानको पुरूष टोली नेपाल आइपुगेको छ ।

मंगलबार अफगानिस्तान र चाइनिज ताइपेइसँगै फिलिपिन्सको महिला तथा पुरुष टोली नेपाल आइपुगेका हुन् । उनीहरूलाइ नेपाल रग्बी संघका केन्द्रीय सदस्यद्वय शन्तकुमार मेहता, रविन केसी र अन्तर्राष्ट्रिय रेफ्री प्रेम कोइरालालगायतले स्वागत गरेका हुन् । अफगानिस्तान हायत प्यालेस र बाँकी दुई टोली होटेल लेमोन ट्रीमा रहनेछन् । 

यसै प्रतियोगिताका लागि पोखरामा नेपाली टोलीले करिब तीन महिना देखि अभ्यास गरिरहेको छ । नेपाली टोली पनि मंगलबार नै काठमाडौं आइपुगेको छ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी आउन अब तीन दिन मात्र बाँकी छ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आगामी असोज १८ र १९ गते दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पहिलोपल्ट नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता आयोजना हुन लाग्दा नेपालका रग्बी खेलाडी निकै उत्साहित छन् । यस प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।  

प्रकाशित: १५ आश्विन २०८१ २२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App