२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मिलिटरी बक्सिङ च्याम्पियनसिपमा ८ बक्सर

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

जोशीको प्रतिमा अनावरण

नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ।

हातविहीन करिमीले पानीमा भेटेको स्वतन्त्रता

अरू बालबालिकाभन्दा शारीरिक रूपमा भिन्न थिएँ। जब मैले मेरा अभिभावक म जन्मँदा भविष्यका बारेमा चिन्तित हुँदै धेरै रोएका थिए भन्ने सुनें, मलाई निकै दुःख लाग्यो। मलाई कसरी हुर्काउने भन्नेमा उहाँहरू दुबिधामा हुनुहुन्थ्यो।

आयशालाई कांस्य

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दै राखेप

खेलाडीले अझै पूर्ण रुपमा कोभिड–१९ विरुद्धको खोप पाईसकेका छैनन्। खेलाडीले खोप नपाएपनि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गर्ने औल्याएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिदैं छ ।

मुस्ताङ हाई अल्टिच्युड भलिबल, चराङको संघर्षपूर्ण जित

मुस्ताङमा सञ्चालित हाईअल्टिच्युड खेलकुद प्रतियोगिताको आइतबार चौथो दिन भलिबलका तीन खेलिएको छ । जनचेतना युवा क्लब ढाकमारको आयोजनामा ढाकमार खेलमैदानमा सञ्चालित प्रतियोगिता अन्तर्गत आईतबार भलिबलको पहिलो खेलमा टुक्सुम्बा युवा क्लब घमीले स्नोल्याण्ड युवा क्लब ठोवा टिम एलाई सोझो सेटमा पराजित गरेको छ ।

लोमान्थाङमा फुटबल र भलिबल प्रतियोगिता सुरु

अरु जिल्लामा खेलकुद सुनसान छ। तर, हिमालपारीको जिल्ला मुस्ताङमा भने खेलकुदको रौनक सुरु भएको छ। अरुतिर कोरोना विरुद्धको खोपको अभियानमा रहँदा माटोको शहर लोमान्थाङबासी भने खेलकुदमा रमाएका छन् । स्थानीयबासीमा खेलकुदको उत्साह छ।

प्रक्रिया मिचेर राखेप बोर्ड बैठकको तयारी

ऐन लागू भएको एक वर्षभित्र कम्तीमा दुई पटक बैठक बस्नुपर्ने भएता पनि राखेपको बोर्ड बसेको थिएन। गत असार १७ गतेदेखि नयाँ खेलकुद ऐन लागू भएको थियो।

लोमान्थाङको खेलग्राममा बास्केटबल र भलिबल कोर्ट तयार गरिँदै

एकवर्ष अघि हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा खेलग्राम निर्माण शुरु गरिएको थियो । लोमान्थाङ गाउँपालिका–६ किमलिङमा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । फुटबल मैदान सम्याएर छोडिएको छ ।

महानगर खेलकुद सदस्य सचिवमा खड्का

पोखरा महानगरपालिकाले खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

खेलकुदमा एउटा जिन्दगीको खेला

देशको अटुट माया भएर पनि प्रजातन्त्र आएपछि निर्वासित जीवन बिताउनुपर्दा उहाँको मन जलेको महसुस गर्न सकिन्थ्यो तर उहाँले हामीलाई जहिल्यै हिम्मतले बाँच्न सिकाइरहनुभयो।

खेलकुद महासंघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल खेलकुद महासंघले 'कोभिड नो भिड' भन्ने नाराका साथ अघि सारेको कोरोना महामारी रोकथामको अभियानलाई जारी राखेको छ ।

१८ महिनापछि सागको पैसा निकासा

पोखरामा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को रकम राष्ट्रिय खेलकुद परिषदले १८ महिनापछि निकासा गरेको छ ।

गण्डकीका खेलकुद मन्त्री मनाङे भन्छन्ः परिषद् उपाध्यक्ष मैले देखेको छैन

गण्डकी प्रदेश खेलकुद परिषदलाई पहिलो गासमै ढुंगा लागेको छ । खेलकुद परिषदमा उपाध्यक्ष नियुक्तसँगै विवाद सिर्जना भएको हो ।

गण्डकी प्रदेशः खेलकुदलाई एक अर्ब माग, ५० करोडको आश्वासन

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आगामि आर्थिक वर्ष २०७८/०७९ को लागि खेलकुद पूर्वाधार विकास तथा प्रतियोगिता सञ्चालनको लागि एक अर्ब रुपैयाँको बजेट माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्