२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उदयपुरको लिमचुङबुङमा खेलकुद सप्ताह

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङमा साताव्यापी खेलकुद प्रतियोगिता ०७८ सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा गाउँ खेलकुद विकास समितिले गत ११ गतेदेखि सुरु गरेको खेलकुद प्रतियोगिता बुधबार सकिएको हो ।

कास्की खेलकुदमा बानियाँ

जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा तोरण बानियाँ नियुक्त भएका छन् । उनी पोखरा महानगरपालिका–१५ का निर्वाचित वडासदस्य हुन् ।

उदयपुरमा राष्ट्रपति खेलकुद सुरु

यसवर्षको राष्ट्रपति खेलकुद प्रतियोगिता उदयपुर सदरमुकाममा शुक्रबारदेखि सुरु भएको छ । वर्षेनी आयोजना हुँदै आएको प्रतियोगिताको यो १२ औं संस्करण हो । ‘जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०७८’ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको हो ।

खेलकुदमा कोरोना कहरः नौमहिना ठप्प, तीनमहिना यता नियमित

विश्वव्यापी फैलिएको भाइरसले सबै क्षेत्रलाई नकारात्मक प्रभाव बनाउँदा खेलकुद क्षेत्र पनि उस्तै गरी प्रभावित हुन पुग्यो । झण्डै नौ महिना पोखरामा खेलकुदका कुनैपनि गतिविधि नै भएनन् । पछिल्लो तीन महिनालाई मात्रै नियाल्ने हो भने पोखरामा खेलकुदका गतिविधि अन्य जिल्लाको तुलनामा अझ बढी नै देखिएको छ ।

एपिएफ महिलाबाट बाहिरिँदा पुरुषतर्फ फाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा न्यु डायमन्डले चिर प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो। पहिलो संस्करणको एनभिए कपको उपाधि जितेको न्यु डायमन्ड विभागीय प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो।

गण्डकी प्रदेशको खेलकुद विकासको लागि वेलायतमा समन्वय समिति गठन

गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्धनमा सघाउने उदेश्यले बेलायतमा रहेका नेपालीहरु सकृय भएका छन्। यसैबीच गण्डकी प्रदेशमा खेलकुद विकासको लागि बेलायतमा एक उच्चस्तरीय समन्वय मञ्च गठन भएको छ।

गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा गुरुङ

गण्डकी प्रदेश मन्त्री परिषदको आईतबार बसेको निर्णयले गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा तेजबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा

सदरमुकाममा जारी ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा पुगेको छ । गएको फागुन २३ गते सुरु भएर चैत २ गते समापन हुँने महोत्सवमा फुटबलतर्फ त्रियुगा ८ र १० फाईनलमा प्रवेश गरेका छन् ।

त्रियुगा खेलकुद महोत्सव २०७७ः फुटबलमा ६ टिम सेमिफाईनल प्रवेश

उदयपुर सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये मंगलबारसम्म ५ बिधाको खेल सकिएको छ। दोस्रो दिनदेखि सुरु व्याडमिन्टन मंगलबार सकिएको छ भने अन्य ४ खेल सोमबार नै सम्पन्न भईसकेको छ।

त्रियुगा खेलकुद महोत्सव २०७७ः दोस्रो दिन कराँते, तेक्वान्दो र बक्सिङ सम्पन्न

उदयपुर सदरमुकाम गाईघाटमा अघिल्लो दिनदेखि जारी ‘त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये बिभिन्न ४ विधाको खेल सकिएको छ। आईतबार उद्घाटनका दिन साईक्लिङको प्रतिस्पर्धा सकिएको हो भने दोस्रो दिन सोमबार कराँते, तेक्वान्दो र बक्सिङको प्रतिस्पर्धा पनि सकिएको छ।

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।

खेल पत्रकारिताबाट नागरिककर्मी पुरस्कृत

नागरिककर्मी अनिल मल्ल ठकुरी खेलकुद मन्त्रालयले प्रदान गरेको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०७७ बाट आइतबार पुरस्कृत भएका छन्।

किसुनजीको स्मृतिमा दौड

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगिताका विजेता खेलाडीले नगद २५ हजार, दोस्रो हुने खेलाडीले १५ र तेस्रो स्थानको खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्।

दक्षिण एसियाली एन्टिडोपिङको बोर्ड सदस्यमा डा. शाह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रूपमा कार्यरत डा. शाह आगामी सन् २०२४ फेब्रअुरीसम्मका लागि नियुक्त भएका हुन्। युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रअनुसार डा। शाहले उक्त जिम्मेवारी पाएका हुन्।

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७६ को सर्वोत्कृष्ट खेलाडी घोषित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्