१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेल पत्रकारिताबाट नागरिककर्मी पुरस्कृत

नागरिककर्मी अनिल मल्ल ठकुरी खेलकुद मन्त्रालयले प्रदान गरेको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०७७ बाट आइतबार पुरस्कृत भएका छन्।  

युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशबाट ठकुरीलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो। खेलकुद पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै मन्त्रालयले ठकुरीलाई सम्मान गरेको हो। ठकुरीले नगद २५ हजार रूपैयाँ प्राप्त पारे।  

यस्तै मन्त्रालयले खेल पत्रकार कमल खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ। नागरिक दैनिक पश्चिमेलीका पूर्व स्थानीय सम्पादक खत्रीलाई नगद ५० हजार रूपैयाँसहित सम्मान प्रदान गरियो। मन्त्रालयले आइतबारै विभिन्न सञ्चारमाध्यमबाट खेलकुद पत्रकारिता गरिरहेका अन्य सात खेल पत्रकारलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरेको छ।  

प्रदेशअनुसार वितरण गरिएको प्रोत्साहन पुरस्कारमा प्रदेश १ बाट हाम्रो खेलकुदका खेल पत्रकार हिमाल खरेलले हात पार्दा प्रदेश–२ बाट साप्ताहिक खेलकुद पत्रिकाका रञ्जनकुमार भण्डारी, लुम्बिनी प्रदेशबाट नेप्लेज अनलाइनका संवाददाता मुक्तिबाबु रेग्मी, गण्डकीबाट कान्तिपुर संवाददाता माधवप्रसाद अर्याल, कर्णाली प्रदेशबाट ब्राहखरीमा खेल पत्रकारिता गर्ने भूपेश उपाध्याय र सुदूर पश्चिमबाट खबर कुञ्ज अनलाइनमा पत्रकारिता गर्ने सीताराम ओझाले प्राप्त गरेका हुन्।  

मन्त्रालयले महिलातर्फ राष्ट्रिय समाचार समिति (रासस) की मुना कार्कीलाई प्रदान गरेको छ। मन्त्रालयले प्रदान गरेको प्रोत्साहन पुरस्कार नगद २५ हजार रूपैयाँ रहेको छ। सम्मान हुने सबैलाई युवा तथा खेलकुदमन्त्री दावा लामाले पुरस्कृत गरेका थिए। युवा तथा खेलकुद मन्त्रालयले प्रकाशित गरेको सूचनाका आधारमा आवेदन दिएकामध्येबाट मन्त्रालयले गठन गरेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा पुरस्कार प्रदान गरेको हो। 

प्रकाशित: १७ फाल्गुन २०७७ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App