coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयशालाई कांस्य

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।

विश्व तेक्वान्दो एसियाको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा १३औं सागकी दोहोरो स्वर्ण विजेता आयशाले ४० वर्षमुनि उमेरसमूह (ब्ल्याक बेल्ट) मा कांस्य पदक जितेकी हुन्। सो विधामा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी यान चियुङ ७.३९ अंकका साथ रजत पदकमै सीमित भइन्। नेपालकी आयशा (७.१९ अंक) सहित चाइनिज ताइपेईकी यान चेन (७.३४) ले कांस्य पदक जिते। पहिलो चरणमा १३ जनाबाट आठ खेलाडीले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए। यस विधामा आयशाले ६.७५ को स्कोर जोड्दै अन्तिम चरणमा स्थान बनाएकी थिइन्।

फाइनलमा प्रदर्शन सुधार गर्दै उनी कांस्य जित्न सफल भइन्। यसै प्रतियोगितामा नेपालबाट शिशिर श्रेष्ठ, कृष्णबहादुर तामाङ, रेजिन रिमाल, सञ्जिला तिमल्सिना, प्रशंसा क्षत्री, निता गुरुङ, सिना मादेन, स्यामुएल तामाङ, आश्विन राई, उज्ज्वल घले, ईश्वर सेढाईं र दीपेन्द्र गुरुङले पनि प्रतिस्पर्धा गरेका थिए। सिना र सन्जिला १३औं सागमा पुम्सेतर्फका स्वर्ण विजेतासमेत हुन्। तर, आयशाबाहेक अन्य कुनै पनि खेलाडीले फाइनलको यात्रा तय गर्न सकेनन्।

प्रकाशित: ३ भाद्र २०७८ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App