८ वैशाख २०८१ शनिबार
खेल

मिलिटरी बक्सिङ च्याम्पियनसिपमा ८ बक्सर

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

रूसको मस्कोमा आगामी भदौ ३१ देखि असोज १० सम्म हुने ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा मिनुसहित नेपालका ४/४ पुरुष र महिला बक्सरले चुनौती प्रस्तुत गर्ने भएका हुन्। सोमबार नेपाल आर्मीले विज्ञप्ति जारी गर्दै आगामी ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सरको सहभागिता हुने जनाएको हो। मिनुले ५१ केजी तौल समूहमा चुनौती प्रस्तुत गर्नेछिन्।

मिनुले १२औं सागमा कांस्य र १३औं सागमा स्वर्ण विजेता हुन्। महिलातर्फ उनीसँगै विमला श्रेष्ठले ६९ केजी, पुनम रावलले ६० केजी र चन्द्रकला थापाले ५७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ आशिष दवाडीले १ सय ६ केजी, दानबहादुर दर्लामीले ६९ केजी, प्रेम चौधरीले ५४ केजी र सुशील थापा मगरले ४९ केजी तौलसमूहमा चुनौती प्रस्तुत गर्नेछन्। 

१३औं सागमा आशिषले रजत र सुशीलले कांस्य पदक जितेका थिए। सोमबार एक कार्यक्रमका बीच खेलाडी तथा अफिसियललाई प्रधानसेनापति प्रभुराम शर्माले बिदाइ गरेका थिए। उनीहरूको प्रशिक्षकमा विशालशमशेर थापा, देवेन्द्रराज सिंह ठकुरी र उमेश लामा छन्। टोलीको सेफ द मिसनमा उपरथी निरञ्जनकुमार श्रेष्ठ र कप्तानमा उज्ज्वल केसी छन्।  

प्रकाशित: २९ भाद्र २०७८ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App