coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जोशीको प्रतिमा अनावरण

नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ। सन् १९५१ मा भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो संस्करणको एसियाली खेलकुदमा सहभागी गजराज नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक हुन्। 

नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा एनओसीको प्रेक्षालयमा आयोजित कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतिमा अनावरण गरेका हुन्। उनी नेपाली सेनाका पहिलो पुस्ताका खेलाडीसमेत हुन्।मूर्ति ओलम्पिक भवनको भुइँतल्लामा नेपाल ओलम्पिक संग्रहालय अगाडि रहनेछ।उक्त मूर्ति ढलोटबाट बनेको एनओसीले जनाएको छ।नेपाली खेलकुदमा अतुलनीय योगदान दिएका उनी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पनि सम्मानित भएका थिए।

उनी महावीर र एनआरटी क्लबबाट फुटबल खेल्ने गर्दथे। विसं१९७९ सालमा काठमाडौंको टोखामा जन्मिएका गजराजको वि.सं. २०६६ साल फागुन १६ गते निधन भएको थियो।

प्रकाशित: १६ भाद्र २०७८ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App