खडेरीले सखाप
विगतमा असार मध्यसम्म ३५ प्रतिशत हारहारीमा रोपाइँ भइसक्थ्यो। चर्को खडेरीका कारण १० प्रतिशत रोपाइँ पनि हुन सकेको छैन।
विगतमा असार मध्यसम्म ३५ प्रतिशत हारहारीमा रोपाइँ भइसक्थ्यो। चर्को खडेरीका कारण १० प्रतिशत रोपाइँ पनि हुन सकेको छैन।
‘असारै महिनाको छिपछिपे हिलो छुनलाई घिन लाग्यो...’– एउटा चर्चित गीत। असार १५ ताका यो गीत रेडियो नेपालबाट बज्दै गर्दा अधिकतर किसान परिवार त्यही छिपछिपे हिलोमा मग्न हुन्थे। ‘मानो खाएर मुरी’ को जोहो गर्नुपर्ने यसबेला अझै धेरै खेतमा रोपाइँ हुन सकेको छैन। धान रोपाइँसँग जोडिएको यस दिनले कृषिकर्मसँग मात्र सरोकार राख्दैन। खासमा यो दिन मुलुकको कृषि अर्थतन्त्र बुझ्न पनि उपयोगी हुनुपर्छ। निर्वाहमुखी नै भए पनि हिजोका दिनमा सबैले खेतबारीमा दशनंग्रा खियाएर मुलुकको अर्थतन्त्रमा योगदान गर्दै आएका हौँ। राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान ३० प्रतिशतभन्दा तल छ। समग्र कृषिजन्य उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको मानिन्छ। तर, धान हाम्रो मुलुकमा एउटा महत्वपूर्ण खाद्यबालीका रूपमा छ। धनधान्यले भरिपूर्ण हुनु भनेको परिवारमा खाने अनाज हुनु हो। जीवन सहज बन्नु पनि हो। दुर्गम पहाड र तराईका नागरिक पनि आफूले उत्पादन गर्ने यस्तै कृषिजन्य वस्तुमा निर्भर हुन्छन्। यसको उत्पादन हुन सकेन भने तिनको जीवन कठिन हुन पुग्छ। यसकारण पनि असार महिना आगामी वर्ष बाँच्ने उपक्रमको एउटा निरन्तरता हो।
राजापुर क्षेत्रको भेरी माविमा सोमबार सोह्राैं राष्ट्रिय धान दिवस मनाउन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसहित कृषि विभागका कर्मचारी गाडीको लस्करसहित पुगे।
पोखरा महानगरपालिका–१७, महतगौडा विरुवा फाँटमा केहीवर्ष अघिसम्म बस्ती निकै नै पातलो थियो। बस्ती कम रहेको फाँटमा यो बेला धान रोप्ने किसानको चटारो मात्र देख्न पाइन्थ्यो। तर, अहिले बस्ती बाक्लिदो छ। बस्ती थपिँदै गएपछि विरुवा फाँटमा चहलपहल पनि निकै नै बढिरहेको छ।
हिमाली जिल्ला मुगुमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका अनुसार रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ७५ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको हो। जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ।
असारको दुई साता बितिसक्दा पनि यस वर्ष सिन्धुलीमा धान रोपाइँले गति लिन सकेको छैन। पर्याप्त पानी नपर्दा यस वर्ष किसानहरुले धान रोपाइँ गर्न सकेका छैनन्।
मुलुकभर समयमा वर्षात् नहुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार गत वर्षको तुलनामा साढे तीन प्रतिशत कम रोपाइँ भएको हो।
‘यो वर्ष रोपाइँको बेला पनि राम्रो पानी परिदियो भने धान मनग्य हुनेछ,’ पर्साको पोखरिया नगरपालिका–१० सिर्बावाका किसान बुनिनारायण राउत कुर्मीले भने, ‘अहिले बिउ हाल्ने बेलामा ठिक्क मात्रामा पानी परेको छ, बिउलाई राम्रो भयो ।’ जिल्लाका किसानलाई धानका लागि बिउको बिड तयार पार्न भ्याइनभ्याइ छ । धान यहाँको मुख्य बाली हो । जिल्ला कृषि ज्ञान केन्द्रको रेकर्डअनुसार पर्सामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ । यसका लागि जेठभरीमा बिड तयार गरेर किसानले बिउ छर्नुपर्ने हुन्छ । असारभरी रोपाइँ चल्छ । एकातिर खेती किसानीमा काम गर्ने मानिसको संख्या घट्दो छ भने अर्कोतिर प्राविधिले सघाएको छ । रोपाइँदेखि दाईसम्म ट्याक्टर र कम्बाइनजस्ता ठूला कृषि उपकरणले काम गरे पनि बिउको बिडको लागि गोरुकै जोताइ राम्रो हुने कृषकको अनुभव छ ।
हल गोरु अघि–अघि, पछि–पछि बाहुसे। रोपाहारको लर्काे उसैगरी लागेको छ। सबै रोपाहारले हात–हातमा धानको बीउ बोकेका छन्। रोपाहारलाई बीउ पुर्याउन अर्का पुरुष डोकामा धानको बीउ बोकेर हिँड्दैछन्। कोही दमाहा र ट्याम्को बजाएर बेठी लगाउँदैछन्।
देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ।
टन्टलापुर घाममा कोही कोदाली बोक्दै त कोही मेसिन चलाउँदै थिए। अघिअघि हाते ट्याक्टरले धान रोप्नका लागि माटो सम्याउँदै थियो भने बाउसेहरु कोदालोको सहायताले कुनाकाप्चा मिलाउँदै थिए।
वेमौसमी वर्षा सुरु भएसँगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोटमा धान रोपाइँ सुरु भएको छ। धान रोपाइँ सकेर यहाँका स्थानीय यार्सागुम्बा संकलन गर्न जान्छन् । रोपाइँको काम सक्नलाई मौसम सुरु भइनसक्दै धान रोपाइँ सुरु भएको हो । अहिले त्यहाँ धान रोपाइँ गर्ने चटारो परेको छ ।
माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ। मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन्।
मध्य साउनसम्म पनि पर्याप्त वर्षा नभएपछि पूर्वमा गत वर्षको तुलनामा न्यून रोपाइ“ भएको छ। पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार हालसम्म पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइ“ सकिएको छ। पोहोर यो बेलासम्ममा ६७ प्रतिशत रोपाइ“ सकिएको थियो।
भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् ।