४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमाले विवाद उत्कर्षमा

सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ। फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो। ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ।

असफल परिवर्तन र पार्टी विवाद

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा बिउँताइदियो, नेकपा (एमाले) ब्युँताइदियो, एनेकपा (माओवादी) ब्युँताइदियो र अर्को कम्युनिस्ट पार्टीलाई उसैको नाम ‘नेकपा’ दिलाएर अस्तित्व जोगाइदियो। अब जिउँदै रहेको राजसंस्थालाई उसको वैधानिक अस्तित्व दिलाइदिन केले रोक्ला ?

सके आफैं टिक्ने नभए निर्वाचनमा जाने ओली दाउ

पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन्। पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन्।

‘कम्युनिष्टले सत्ता चलाउन सकेनन्, अब हामी नेतृत्व लिन्छौं’

राजनीति सत्ताकै लागि हो । देश र जनताका लागि भलाई र सेवा गर्ने कामका लागि सत्तामा जाने हो । मौका र जिम्मेवारी आउँदा अगाडी नबढ्ने भन्ने कुरा रहेन। कम्युनिष्टको नेतृत्वमा सत्ता सञ्चालनमा समस्या देखियो अब हामी नेतृत्व गर्‍छौं भनिरहेका छौं ।

महन्थ बन्लान् प्रधानमन्त्री

नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।

नेकपा एमाले खोटाङको अध्यक्षमा 'रडाँको'

नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको सुरु भएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि मंगलबार एमालेको तत्कालिन उपाध्यक्ष रामप्रसाद दंगाललाई जिल्ला अध्यक्षमा मनोनयन गरेपछि तत्कालिन अध्यक्ष बबी चाम्लिङले आफु सो पदमा यथावत रहेको बताएका छन् ।

कैलालीमा झडप

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले इन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई भन्ने विषयमा केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद उत्पन्न भएको छ। यसै विषयलाई लिएर धनगढी उपमहानगरपालिका–३ स्थित प्रदेश पार्टी कार्यालयमा बुधबार दुवै पक्षबीच झडप भयो।

एमालेमा ओली हठः स्पेस खोज्दै नेपाल समूह

सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतका नेतासँग परामर्श गरेका छैनन्। उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण एमालेको पुरानो सांगठनिक संरचना सञ्चालनमा अन्योल उत्पन्न भएको छ।

प्रधानमन्त्रीमा टिकिरहन ओलीका चुनौती

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाइ पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।

नयाँ गठबन्धन कसरत

४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।

नेकपा नाम विवादको टुंगो भोलि

विवादमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नामको विषयमा सर्वोच्च अदालतले फागुन २३ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले सारिएको हो ।

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले यही फागुन २३ गते आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो।

नवौं प्रधानन्यायाधीश सिंहको निधन

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको छ। सर्वोच्चका नवौं प्रधानन्यायाधीशको ८९ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो। उनको निधनपछि बुधवार सर्वोच्च अदालतमा आकस्मिक वैठक बसेको थियो। वैठकले बिहिबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको छ।

आज देशभरका अदालतमा शोक बिदा

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज (बिहीबार) देशभरका अदालतमा शोक बिदा दिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्