४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सर्वोच्चले सोध्यो बस्न्यातलाई थुन्नुको कारण

बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको थियो।

जसपाका पदमुक्त सांसदका रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभाका चार सदस्यको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो।

सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने

सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो।

नेपाल समूहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

‘राम्रो अभ्यास रोक्ने काम भयो’

सर्वोच्च अदालतको यस्तो फैसलापछि भ्रष्टाचारीको मनोबल बढ्ने एकथरीको मत छ भने अर्कोथरीले स्टिङ अपरेसनका नाममा अख्तियारका अधिकारीले गर्दै आएको गलत काम नियन्त्रण हुने तर्क गरेका छन्।

सर्वोच्च अदालतद्वारा रंगेहात पक्राउ गर्न बन्देज

सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश चुँडाल र सुवेदीले लिए शपथ

सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका छन्।

रुकुम पश्चिम घटना: अभियुक्तलाई थुनामै अनुसन्धान गर्न आदेश

सर्वोच्च अदालतले रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनाका अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला र उच्च अदालतको आदेश सोमबार सदर गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आदेश सदरसहित चारजनालाई साधारण तारेखमा राख्न र बाँकी सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश गरेको हो।

सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी)लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन्।

सर्वोच्चको फैसलाः न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ

सर्वोच्च अदालतले न्याय परिषद्द्वारा सर्वोच्च अदातलका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यता पुग्ने फैसला सुनाएको छ।

नेपाल बारकाे ठहर: सर्वोच्चमा सुवेदीको योग्यता नपुग्ने

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाएको छ। बारले संविधानले तोकेबमोजिम सर्वोच्च अदालतको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको भन्दै नियुक्ति नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

एमाले र माओवादी ब्युँताउने आदेश पुनरवलोकन नगर्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने फैसला पुनरवलोकन नगर्ने भएको छ। प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा, न्यायधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले उक्त फैसला गरेको हो।

ललिता निवास प्रकरण: मन्त्रिपरिषद् निर्णय झिकाउन आदेश

पछिल्लो समयमा मन्त्री र सचिवस्तरीय निर्णयबाटै हुने निर्णय पनि मन्त्रिपरिषद्बाट गर्ने प्रचलन बढ्दै गएका बेला सोमबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा बनाउनुअघि गरिएका मन्त्रिपरिषद्का निर्णय झिकाउने आदेश गरेको हो।

न्यायाधीशमा योग्यता नपुगेको भन्दै रिट

सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि योग्यता नपुगी नियुक्तिका लागि सिफारिस गर्नु संविधानविपरीत भएको दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्